अजय शर्मा,
सामाजिक सञ्जालमा आएका सूचना र विज्ञापन प्रति कति विश्वास गर्नुहुन्छ ? यदि तपाईं स्वदेशि तथा वैदेशिक रोजगारका लागि यस्ता विज्ञापनमा भरपरेर काम थाल्दै हुनुहुन्छ भने, एकपटक सोच्नु कतै तपाईं पनि ठगिदैँ त हुनुहुँदै छैन ।
केही समय यता फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालको प्रयोग गरी बैदेशिक रोजगारीमा ढगिका घटना बढ्दो छन् । विभिन्न पत्रपत्रिकामा प्रकाशित विज्ञापन फोटो खिचेर फेसबुकमा राख्ने र त्यसैको आडमा विदेश पठाइ दिन्छु भन्दै सर्वसाधारणलाई ठग्ने गरिएको भेटिएको छ ।
हालसालै आज मात्रै प्रहरीले फेसबुकमा वैदेशिक रोजगारीको विज्ञापन देखाई अवैध रुपमा रकम उठाई ठगी गर्ने काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँबस्ती बस्ने दोलखा मागपौवा–२ घर भएका ३० बर्षीय दावा योञ्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
योञ्जनले विभिन्न दैनिक पत्रपत्रिकाहरुमा विभिन्न मेनपावर कम्पनीहरुले वैदेशिक रोजगारी सम्बन्धी दिएको विज्ञापनहरुको फोटो खिची आफ्नो फेसबुक वालमा सम्पर्क नम्बरहरु सहित राखी सम्पर्कमा आएका पिडितहरु तिलक बहादुर गुरुङ, दिनेश गरुङ, डोर बहादुर थापा, विमल चौधरी, प्रदिप कुमार गुरुङ, बुद्ध स्याङ्तान र चन्द्र प्रसाद बस्नेत क्षेत्री समेत ७ जनालाई दुवईमा सेक्युरीटी गार्डमा फ्री भिषा, फ्री टिकेटमा जाने भए ५५ हजार रुपैयाँसम्म लाग्ने भनी आकर्षक तलवको प्रलोभन देखाई ३ लाख ३४ हजार लिई सम्पर्क विहिन भएका थिए ।
पीडितहरुले महानगरीय अपराध महाशाखामा निवेदन दिए पश्चात खटिएको प्रहरी टोलीले योञ्जनलाई आइतबार काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट योञ्जन कुनै पनि मेनपावर कम्पनीसँग सम्बद्ध व्यक्ति नभएको र निजले ठगी गर्न विज्ञापनहरुको फोटो खिची सोही फोटोलाई इडीट गरी आफ्नो सम्पर्क नम्बरहरु राखी ठगी गर्ने गरेको खुल्न आएको छ ।
सो ब्यक्तिलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौँमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
यो त एक प्रतिनिध घटना मात्र हो यसरी सामाजिक सञ्जाल मार्फत् ठगिमा पर्नेको सङ्ख्या दिन प्रतिदिन उल्लेखरूपमा बृद्धि हुँदै गैरहेको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार आव ०६९/७० मा साइबर अपराधका घटना ५८ वटा रहेका थिए । यस्तै आव ०७१/०७२ मा तीन सय नौ उजुरी परेकामा आव ०७२/०७३ मा ६५० परेको छ । हालसम्म आएका अपराधमा आएका उजुरीमध्ये करिब ९० प्रतिशत अपराध फेसबुकबाट हुने गरेका छन् ।

0 comments