दक्षिण कोरियाली कम्पनी सामसुङले स्क्रिन पट्याउन मिल्ने (फोल्ड हुने) नयाँ स्मार्टफोन ल्याउने भएको छ । एउटा टेक वेबसाइट ग्यालेक्सी क्लबका अनुसार, सामसुङले आउँदो वर्ष (सन् २०१७) मा स्क्रिन फोल्ड हुने नयाँ स्मार्टफोन ल्याउने छ ।
त्यस वेबसाइटले सामसुङको एउटा कोरियाली पेटेन्ट आवेदन फेलापारेको छ, जसमा सामसुङ फोल्ड हुने फोन लन्च गर्ने तयारीमा रहेको उल्लेख छ । यस्तै अन्य प्रविधिसम्बन्धी अनलाइनहरूले समेत सामसुङले ल्याउन लागेको पट्याउन मिल्ने फोनको नाम ग्यालेक्सी एक्स हुने अनुमान गरेका छन् । यसरी पट्याउन मिल्ने स्मार्टफोनको ब्याट्री कस्तो हुनेहोला भन्ने विषयमा विशेषज्ञहरूबीच एकमत बन्न सकेको छैन । सामसुङले सन् २०११ मा फोल्ड गर्न मिल्ने स्मार्टफोनको डमी बनाएर सार्वजनिक गरेको थियो ।
Sunday, November 20, 2016
Load disqus comments
लोकप्रिय ब्लग पोष्ट
-
इन्टरनेटको दुनियमा धेरै प्रयोग हुने चिन्ह वा सङ्केत हो, एट द रेट अफ @ । यो चिन्ह वा सङ्केतको पहिलो प्रयोग सन् १९ ७१ मा भएको थियो । २९ वर्षी...
-
चीनको एक कम्पनीले विश्वकै सानो ‘फोर जी’ स्मार्टफोन बजारमा ल्याएको छ । सानो ‘फोर जी’ स्मार्टफोन उत्पादन गर्ने चिनिया कम्पनी ‘युनिहर्टज’ले आ...
-
युट्युबमा भिडियो हेर्दा किबोर्ड सर्टकट प्रयोग गरेर धेरै काम गर्न सकिन्छ । यहाँ युट्युब सर्टकटको बारेमा चर्चा गरौँः १) K : पज या प्ले गर्...
-
फेसबुक म्यासेन्जर वा वालमा तपाईंको नाम जोडिएर कुनै भिडियो लिंक र पोष्ट देख्नुभयो? यस्तो भिडियो रुपी भाइरस केही दिन यता फेसबुकमा फैलिरहेको छ...
-
अजय शर्मा घरैबाट बिल तिर्यो, चौबीसै घण्टा बिजुली, पानी र दु्रत गतिको इन्टरनेट । सुन्दर, शान्त स्वच्छ वातावरण । सरकारी सेवा लिन लाममा बस्...

0 comments