दक्षिण कोरियाली कम्पनी सामसुङले स्क्रिन पट्याउन मिल्ने (फोल्ड हुने) नयाँ स्मार्टफोन ल्याउने भएको छ ।  एउटा टेक वेबसाइट ग्यालेक्सी क्लबका अनुसार, सामसुङले आउँदो वर्ष (सन् २०१७) मा स्क्रिन फोल्ड हुने नयाँ स्मार्टफोन ल्याउने छ ।
त्यस वेबसाइटले सामसुङको एउटा कोरियाली पेटेन्ट आवेदन फेलापारेको छ, जसमा सामसुङ फोल्ड हुने फोन लन्च गर्ने तयारीमा रहेको उल्लेख छ ।  यस्तै अन्य प्रविधिसम्बन्धी अनलाइनहरूले समेत सामसुङले ल्याउन लागेको पट्याउन मिल्ने फोनको नाम ग्यालेक्सी एक्स हुने अनुमान गरेका छन् ।  यसरी पट्याउन मिल्ने स्मार्टफोनको ब्याट्री कस्तो हुनेहोला भन्ने विषयमा विशेषज्ञहरूबीच एकमत बन्न सकेको छैन ।  सामसुङले सन् २०११ मा फोल्ड गर्न मिल्ने स्मार्टफोनको डमी बनाएर सार्वजनिक गरेको थियो ।
Sunday, November 20, 2016
 Load disqus comments
लोकप्रिय ब्लग पोष्ट
- 
- धीरेन्द्रप्रसाद साह यतिखेर मोबाइलको बहुउपयोगी रूपमा प्रयोग गर्न थालेको छ । सुरुमा मोबाइल फोन गर्न र फोन रिसिभ गर्नका लागि मात्र प्रय...
 - 
विश्वको नम्बर एक सर्च इन्जिन गुगलले मार्च ८ अर्थात् विश्व महिला दिवसलाई सेलिव्रेट गर्दै आफ्नो होमपेजमा सम्मान ब्यक्त गरेको छ ।
 - 
काठमाडौं, पुस १५ गते । नेपाल मोबाइल व्यवसायी संघले यहि पुष १३ गतेदेखि आयोजना गरिरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा ग्राहकहरुको अधिक चहलप...
 - 
विमानमा चढेपछि मोवाइल फोनको ‘स्वीच अफ’ गर्न लगाइन्छ । विमानमा किन फोन लगायतका विद्युतीय उपकरण प्रयोग गर्न पाइँदैन ? यसको कारण यस्तो छ । इन...
 

0 comments