काठमाडौँ, पुस ८ गते । खगोल विज्ञानमा उत्कृष्ट अनुसन्धान गरेबापत नेपाली युवा वैज्ञानिक टेकप्रसाद अधिकारी अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ । निकोलस कोपरनिकस खगोल विज्ञान केन्द्र, पोलिस एकेडेमी अफ साइन्सद्वारा खगोल विज्ञानसम्बन्धी उत्कृष्ट अनुसन्धान गर्ने युवा वैज्ञानिकलाई बर्सेनि प्रदान गर्ने ‘युवा वैज्ञानिक पुरस्कार २०१६’द्वारा यस वर्ष नेपाली युवा वैज्ञानिक अधिकारीलाई सम्मानित गरेको हो ।
यो पुरस्कारबाट पुरस्कृत हुन पाउँदा अत्यन्तै खुसी लागेको पुरस्कृत नेपाली वैज्ञानिक अधिकारीले बताउनुभयो । यो पुरस्कार सक्रिय तारापुञ्जको अनुसन्धानका लागि प्रदान गरिएको हो । पोल्यान्डको पोलिस एकेडेमी अफ साइन्सबाट खगोल भौतिक विज्ञानमा विद्यावारिधि गर्दै गरेका अधिकारी इलाम जिल्लाको सूर्योदय नगरपालिका निवासी हुनुहुन्छ ।
२०७३ पुस ८ गते । गोरखापत्र दैनिकमा प्रकाशित

0 comments