Tuesday, March 7, 2017

नारी दिवसमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विभिन्न योजना ल्याएको छ । टेलिकमले नारी दिवसका अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न सेवामा सहुलियत दिन लागेको हो ।

टेलिकमको नयाँ योजना अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । बुधबारदेखि तीन महिना कायम हुने योजना अन्तर्गत फेसबुक प्याकेजमा २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १ सय एमबी डाटा उपलब्ध गराइएको छ ।

त्यसैगरी डे एण्ड नाइट डाटा प्याकेज अन्तर्गत १ सय रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजे सम्म ५ सय एमबी र बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म १ सय एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने टेलिकमले जनाएको छ ।

नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५ सय एमबी सात दिनसम्म र ९० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म १२ सय एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । 

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल टेलिकमले विभिन्न सहुलियतअफर ल्याएकाे छ ।

 

Load disqus comments

0 comments