Friday, March 10, 2017

होलीको अवसरमा टेलिकमको छुटै छुट



काठमाडौँ, फागुन २७ गते । नेपाल टेलिकमले होली पर्वका अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियतपूर्ण अफर उपलब्ध गराएको छ ।
कम्पनीको चाडपर्व अफर अन्तर्गत जीएसएम तथा सिडिएमए पोष्टपेड तथा प्रिपेडका सेवाग्राहीलाई निम्नानुसारको होली अफर उपलब्ध गराएको नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिनुभयो ।
यसरी टेलिकमले उपलब्ध गराएको सहुलियत अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक रहेका छन् ।
रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत दुई सयको रिचार्ज कार्डमा दुई सय मेगावाइट (एमबी) डाटा, ५०० रुपिँयको रिचार्ज कार्डमा पाँच सय एमबी डाटा र एक हजारको रिचार्ज कार्डमा एक हजार एमबी डाटा दुई दिनसम्म बोनस अवधि रहने गरी राती १० बजे देखी बिहान ६ बजेसम्म उपभोग गर्न पाइनेछ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र ०३ गतेसम्म ५ दिन जीएसएम तथा सिडिएमएका प्रिपेडका ग्राहकलाई उपलब्ध हुनेछ । यो अफर अन्तर्गतको डेटा बोनस रिचार्ज गरेपश्चात् स्वतः प्राप्त हुनेछ ।
त्यसैगरी टेलिकमका उपभोक्ताले युट्युब डाटा प्याक अन्तर्गत एक गिगावाइट (जिबी) युट्युब डाटा प्याक एक सय रुपैयाँमा दुई दिनुसम्म र पाँच सय एमबी युट्युब डाटा प्याक ६० रुपैयाँमा एक दिनसम्म उपभोग गर्न पाउने छन् । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र १३ गतेसम्म १५ दिन जिएसएमका प्रिपेड र पोष्टपेड ग्राहकलाई उपलब्ध हुनेछ ।यो अफर लिनका लागि ग्ज्ञन्द्य या ग्छण्ण्ःद्य टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने छ ।
एसएमएस प्याक अन्तर्गत एक सय वटा एसएमएस दश रुपैयाँमा (नेपाल टेलिकमको नेटवर्क भित्र मात्र) तीन दिनसम्म उपभोग गर्न पाइने छ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र १ गतेसम्म तीन दिन जीएसएम तथा सिडिएमएका ग्राहकलाई उपलब्ध हुनेछ । यो सेवा लिनका लागि क्ःक्ज्ञण्ण् टाइप गरी १४१५मा एसएमएस गर्नुपर्नेछ । साथै टेलिकमका अनुसार उपरोक्त अफरका दरहरु करसहितका रहेका छन् ।

Load disqus comments

0 comments