Wednesday, April 19, 2017

म्यासेन्जरले नै दिन्छ लोकेसनको जानकारी

फेसबुकले आफ्ना प्रयोगकर्तालाई म्यासेन्जरको प्रयोगबाटै लोकेसनको जानकारी सेयर गर्ने सुविधा थप गरेको छ ।
हाल गुगल म्यापको सहायताले एप्पल र अल्फाबेटले यो सुविधा दिइरहेका छन् ।  फेसबुकले म्यासेन्जरमार्फत यो सुविधा उपयोग गर्न मिल्ने व्यवस्था मिलाएको हो ।
अबदेखि म्यासेन्जरमा साथी वा परिवारसँग कुरा गर्दा आफ्नो लोकेसन सेयर गर्न सकिने भएको छ ।  फेसबुकको यो नयाँ फिचर लोकेसन सेयरलाई हाल ऐच्छिक राखिएको छ ।  प्रयोगकर्ताको इच्छाबमोजिम यसलाई लाइभ गर्न मिल्छ ।  म्यासेन्जर प्रयोगकर्ताले आफ्नो लोकेसन सेयर गरेको एक घण्टासम्म साथी वा परिवारले हेर्न सक्नेछन् ।


Load disqus comments

0 comments