Wednesday, April 19, 2017

सामाजिक सञ्जाल मार्फत ठगीमा पर्नुभएको छ ? उजुरी गर्नु है !

काठमाडौँ, बैशाख ७ गते । सामाजिक सञ्जालमा विगत केही समय यता अपरिचित व्यक्तिहरुले  साथी बन्न अनुरोध पठाएर ठगी गर्ने क्रम बढेकाे पाइको छ ।
यसरी पठाइएको अनुरोध स्विकार भए पछि आत्मियता बढाउदै जाने र सो क्रममा माया प्रेमको नाटक गर्ने, बिदेशमा राम्रो जागिर लगाईदिने भनी प्रलोभन देखाउने चिट्टा वा गोलाप्रथा परेको भनी सन्देश पठाउने, आफन्त तथा साथीभाईको समस्या देखाई पैसा माग्ने लगायतका समस्या रहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।
साथै पछिल्लो समयमा व्युरोले सामाजिक सञ्जाल मार्फत् सस्तो वा सहुलियत ऋणको प्रचार गर्ने तथा विभिन्न नेटवर्किङ व्यवसायमा आवद्ध गर्ने, भारत लगायतका अन्य मुलुकका अध्यागमन कार्यालयमा तपाईको पार्शल आएको छ, कर नतिरेको हुँदा पार्शल रोकिएको छ भनी पार्शलको फोटो पठाउने तथा सो बापत कर तिर्नुपर्छ भनी आइएमई मार्फत नेपाल भित्र तथा भारतका विभिन्न आइएमईमा पैसा हाल्न लगाई ठगी गर्ने गिरोह सक्रिय भई ठगी गरिरहेको सूचना उजुरी विभिन्न प्रहरी कार्यालयहरु तथा केन्द्रीय अनुसन्धान व्यूरोमा समेत आइरहेका छन् । यस्ता किसिमका प्रलोभनमा नपरी ठगी हुनबाट बच्न सम्पूर्ण आम नागरिकमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले अनुरोध गरेको छ ।
साथै कोही कसैले उल्लेखित प्रलोभन देखाएमा वा कोही उपर शंका लागेमा नजिकको प्रहरी कार्यालय वा केन्द्रीय अनुसन्धान व्यूरोको फोन नम्वर ०१४४११७७६ वा ९८५१२८३१४० मा सम्पर्क गर्नुहुन वा व्यूरोको इमेल ठेगाना cib@nepalpolice.gov.np मा पठाउन समेत अनुरोध समेत गरेको छ ।
Load disqus comments

0 comments