Monday, April 3, 2017

डिसलाइक बटन थप्दै फेसबुक

सामाजिक सञ्जाल फेसबुकले अबदेखि डिसलाइक बटन पनि थप्ने भएको छ ।  प्रयोगकर्ताको मनोभावना व्यक्त गर्न प्रयोग हुने लाइक, स्माइली, लभलगायतका बटनमा अब डिसलाइक बटनसमेत थपिने भएको हो ।  यो डिसलाइक बटन फेसबुकको न्यूजफिडमा नभई म्यासेन्जरमा मात्र उपलब्ध हुने पनि जनाइएको छ ।
सूचना प्रविधिसम्बन्धी वेबसाइट टेक क्रन्चको रिपोर्टअनुसार फेसबुकले म्यासेन्जरमा डिसलाइक बटनको परीक्षण गरिरहेको छ ।  हाल फेसबुकमा न्युजफिड र पोस्टमा Love, Haha, Wow, Sad /Angry लगायतका मनोभावना व्यक्त गर्ने (रियाक्सन) बटन रहेका छन् ।  यस्ता रियाक्सन बटनका साथै इमोजिहरू फेसबुकको म्यासेन्जरमा समेत उपलब्ध रहेका छन् ।  अब छिट्टै उपलब्ध हुने भनिएको डिसलाइक बटनको प्रयोग विशेष गरी ग्रुप च्याटमा हुनसक्ने बताइएको छ ।

Load disqus comments

0 comments