Monday, April 3, 2017

स्नेक गेम म्यासेन्जरमा पनि

नोकियाको मोबाइल फोन र ट्याब्लेट बनाउने फिनल्याण्डको स्टार्टअप कम्पनी एचएमडीले लोकप्रिय स्नेक गेम अब फेसबुकको म्यासेन्जरमा पनि उपलब्ध हुने घोषणा गरेको छ ।  नोकिया ३३१० मोबाइलमा रहेको निकै लोकप्रिय मोबाइल गेम स्नेक अबदेखि म्यासेन्जरमा समेत खेल्न पाइने भएको छ ।  यसलाई मेसेन्जरको गेमिङ फिचर इन्स्ट्यान्ट गेम सेक्सनमा राखिएको छ ।
कम्पनीका अनुसार, सन् १९९० को अन्त्यतिर यो गेम ४० करोड नोकिया मोबाइल सेटमा उपलब्ध थियो ।  नयाँ स्नेक गेम पनि पुरानै स्नेक गेम जस्तै रहेको र स्क्रिनमा सर्पलाई घुमाउन सकिनेछ ।  सर्पले बक्स र स्याउ खाएमा प्वाइन्ट बढ्दै जानेछ ।  यस स्नेक गेममा छवटा लेभल हुनेछन्, जसमा प्रयोगकर्ताले लेभल कटाउँदै अर्को लेभलमा जाँदा सर्पको रङ परिवर्तन हुँदैजानेछ ।  प्रयोगकर्ताले यो गेम खेल्दा तीनवटा स्पीडमा खेल्न सक्नेछन् ।  त्यस्तै, यो गेम जति धेरै स्पिडमा खेल्यो त्यति नै बढी प्वाइन्ट आउनेछ ।
फेसबुकले केही समययता म्यासेन्जरमा स्नेक गेमका साथै अन्य विभिन्न लोकप्रिय मोबाइल तथा कम्प्युटर गेम समावेश गर्दैआएको छ ।  फेसबुकले आफ्नो अपडेटेड मेसेन्जर एपमा यो इन्स्ट्यान्ट गेमिङ फिचर राख्ने जनाइएको छ ।  यो फिचर फेसबुकले सार्वजनिक नगर्दासम्म आम प्रयोगकर्ताले मेसेन्जरमा स्नेक गेम खेल्न पाउने छैनन् ।  त्यसका लागि अझै केही समय कुर्नुपर्ने छ ।  हाल यो गेम अमेरिकालगायतका केही देशमा मात्र उपलब्ध छ ।

Load disqus comments

0 comments