Thursday, June 15, 2017

कोरियाबाट नेपालमा अब अनलाइन पेमेन्ट

काठमाडौँ ।  दक्षिण कोरियामा बस्ने नेपालीका लागि खुसीको खबर ।  नेपालमा रहेका घर परिवार र आफन्तलाई दक्षिण कोरियाबाटै नेपालका विभिन्न अनलाइन रिचार्ज सेवा गर्न सकिने प्रविधिको शुरूवात भएको छ ।
शनिवारदेखि पसल सेवा डटकमबाट दक्षिण कोरियामा विभिन्न काम र व्यवसाय सञ्चालन गर्दै आएका नेपालीका लागि लक्षित गदै मोबाइल टपअप, एडिएसएल बिल पेमेन्ट, ल्याण्डलाइन बिल पेमेन्ट, डिसहोम रिचार्ज, फन्ड ट्रान्सफर लगायतका अनलाइन पेमेन्ट गर्न सकिने सञ्चालक रमेश अधिकारीले जानकारी दिनुभयो ।
पसल सेवाको सुविधाबाट मुख्य गरी दक्षिण कोरियामा बस्ने आम नेपालीले सो प्रविधिको प्रयोग गरी घरपरिवार र आफन्तलाई त्यहीँबाट अनलाइन पेमेन्ट गर्न सहज हुने विश्वास सञ्चालक अधिकारीको छ ।
आगामी दिनमा अनलाइन सपिङको व्यवस्था समेत समायोजन गरी  लैजाने  सोच  रहेको सञ्चालक अधिकारीले जानकारी दिनुभयो ।

Load disqus comments

0 comments