Sunday, February 19, 2017

वृद्धवृद्धाको हेरचाह गर्ने रोबोट

एक अन्तर्राष्ट्रिय समूह वृद्ध अवस्थामा पुगेकाहरूको रेखदेख गर्ने रोबोट निर्माणमा जुटेका छन् ।  जापान र यूरोपीयन सङ्घको २० लाख पाउन्डको यस परियोजना अन्तरगत यस्तो रोबोट बनाउन थालिएको खबर छ ।  यो रोबोट अबको तीन वर्षभित्र निर्माण भइसक्नेछ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो रोबोटमा सांस्कृतिक र संवेदनशील क्षमतासमेत भएको हुनेछ ।  यो रोबोट निर्माण भएमा वृद्धवृद्धाहरूलाई राख्नका
लागि बनाइएको केयर सेन्टर, आवास तथा वृद्ध आश्रममा काम लाग्ने परियोजनाको विश्वास छ ।
यो रोबोटले वृद्धवृद्धालाई सही समयमा पानी र औषधि दिनुका साथै वृद्धवृद्धालाई विभिन्न काममा समेत मद्दत गर्ने विश्वास गरिएको छ ।  साथै रोबोटलाई मानिसजस्तै संवेदनशील बनाउन बेलायतका मिडल सेक्स युनिभर्सिटी र बेडफोर्डशर विश्वविद्यालयका वैज्ञानिकले रोबोट निर्माणमा सघाउने छन् ।
हाल बेलायतमा मात्रै करिब १५ हजारभन्दा बढी वृद्धवृद्धा एक सय वर्ष काटेका छन् ।  आगामी वर्षमा यो सङ्ख्या अझै बढ्ने छ ।  यदि यो रोबोट तयार भएमा वृद्धवृद्धालाई केयर सेन्टर तथा वृद्धाश्रम जान पर्ने छैन ।
एजेन्सी ।

Load disqus comments

0 comments