Wednesday, September 21, 2016

अब एउटा फिल्म डाउनलोड गर्न मात्र ४४ सेकेण्ड ǃ

हालसम्मकै तीव्र गतिको फोर जी मोबाइल इन्टरनेट परीक्षण सफल भएको फिनल्यान्डको एक मोबाइल नेटवर्क कम्पनीले दाबी गरेको छ ।
एलिसा नामको कम्पनीले १.९ जिबिपिएसको स्पिड परीक्षण सफल भएको जनाएको छ ।  जो फोर जी मोबाइल इन्टरनेटमा अहिलेसम्मकै उच्च गति हो ।
यदि यो गतिको इन्टरनेट भएमा ब्लु रेको एउटा फिल्म डाउनलोड गर्न मात्रै ४४ सेकेण्ड लाग्नेछ ।  विश्व बजारमा व्यावसायिक नेटवर्कमा इन्टरनेटको अहिलेसम्मको सबैभन्दा तीव्र गति तीनसय एमबिपिएस मात्र हो ।  त्यसो त गत फेब्रुअरीमा एक विश्वविद्यालयको अनुसन्धान टोलीले ५ जी नेटवर्कमा एक टेराबाइट प्रतिसेकेण्ड (टिबिपिएस) स्पिड हासिल गरेको थियो ।  सो टोली कुनै टेलिकम नेटवर्क प्रदायकसँग भने जोडिएका थिएनन् ।  एलिसाका प्रमुख कार्यकारी अधिकृतले आउँदो दुई÷तीन वर्षभित्रमा फिनल्यान्डमा एक जिबिपिएस स्पिडको इन्टरनेट सेवा सुरु गर्ने कम्पनीको योजना रहेको बताएका छन् ।

Load disqus comments

0 comments