Monday, January 4, 2016

थोमस एल्वा एडिसन

थोमस एल्वा एडिसन (फेब्रुअरी ११, १८४७–अक्टुबर १८, १९३१) एक महान् अमेरिकी वैज्ञानिक तथा व्यापारी थिए । उनले अनेकौ यन्त्र तथा युक्तिहरू विकसित गरे जसबाट संसार भरका मान्छेहरूको जीवनमा ठूलो परिवर्तन आयो । विद्युत बल्ब तथा फोनोग्राफ सहित यीनले हजारौ आविष्कार गरे ।
१९ बर्षको उमेरमा एडिसन लाउजभिल्ली केन्टकीको वेस्टर्न यूनियनमा काम गर्दथे । उनले आफ्नो मालिकलाई आफुलाई रात्री ड्युटी मिलाइदिन अनुरोध गरे जसबाट त्यसबाट आएको पैसा अन्वेषणको लागि खर्च गर्न सकियोस । १८६७ को एकरात उनि काम गर्ने क्रममा सल्फ्युरिक एसिड पोखिएर जमिन भरि पोखियो जसको सजायको स्वरुप उनिले जागिर बाट हात धुनु प¥यो । यस्ता अस्विकृत व्यक्तिले अन्तत बिजुलीको आविष्कार गरेर संसारभर ख्याति कमाए ।
एक पटक थोमस एल्वा एडिसन आफ्नो प्रयोगशालामा काम गर्दै थिए । धेरै पटक श्रीमतिले खाजा खान बोलाउदा पनि नआएपछि श्रीमतीले प्रयोगशालामै खाजा ल्याएर राखिदिइन । केहि समय पछि एडिसनलाई भेट्न उनका साथी आए । एडिसनलाई व्यस्त देखेपछि उनका साथी चुपचाप केहि नबोली प्रयोगशालाकै एक बेञ्चमा बसे । एक घण्टा बित्यो, दुई घण्टा बित्यो, तैपनि एडिसनको काम नसकिए पछि साथीले त्यो खाजा खाए । तर अर्को एक घण्टा पछि मात्र एडिसनले आफ्नो काम भ्याए र साथीलाई रित्तो खाजाको थाल देखाउदै भने– “माफ गर्नुहोस् मित्र, अलि छिटो आउनु भएको भए खाजा बाँडेर खान हुन्थ्यो नि ।”
अर्को रोचक प्रसंगछ एक पटक उनलाई भेट्न गएकी एउटी महिलाले एउटा कागजमा आफ्नो
छोराको लागि उपदेश लेखिदिन भनिन । एडिसनले कागजमा लेखे, “ कामको बेलामा कहिल्यै पनि घडी नहेर्नु”
Load disqus comments

0 comments