Monday, January 4, 2016

एप्पलको सहयोगबिनै आइफोन अनलक

सुरक्षा प्रणाली सङ्घीय जाँच ब्यूरो (एफबीआई)ले क्यालिफोर्नियाको सेन बर्नारडिनोमा गोलाबारी गरी १४ जनाको हत्या गर्ने आक्रमणकारी सैयद फारुकको आइफोनलाई एप्पलको सहयोगबिना ‘अनलक’ गर्न सफलता हासिल गरेको छ । 
एप्पलले फारुकको आइफोन अनलक गर्न मानेको थिएन ।  एफबीआईले फोन अनलक गर्न माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो ।  पाकिस्तानी मूलका फारुकले श्रीमती तस्फिन मलिकसँग मिलेर गएको डिसेम्बर २ मा सान बर्नाडिनोमा अन्धाधुन्ध गोली चलाएका थिए ।  त्यस घटनामा फारुक र उनकी श्रीमती दुवै प्रहरीको कारबाहीमा मारिएका थिए ।  अमेरिकाको कानुन मन्त्रालयले फारुकको आइफोन अनलक गरेपछि अदालती प्रक्रियाको समेत अन्त्य भएको जनाएको छ ।  एप्पल कम्पनीले ग्राहकको विश्वसनियतामा कुनै सम्झौता नगर्ने भन्दै त्यो आइफोन अनलक गर्न मानेको थिएन ।
Load disqus comments

0 comments