Friday, March 11, 2016

आयो मोबाइलमै नेपाली पत्रिका 'इ-पेपर' पढ्न मिल्ने 'हाम्रो न्यूज एण्ड म्यागेजिन एप'

मोबाइलको लोकप्रिय मोबाइल एप्लिकेसन ‘हाम्रो पात्रो’ले नेपाली पत्रिका ‘इ-पेपर’ पढ्न मिल्ने ‘हाम्रो न्यूज एण्ड म्यागेजिन’ एप सार्वजनिक गरेको छ ।
नेपालबाट प्रकाशित हुने दैनिक पत्रिका तथा  म्यागेजिनहरु अब एउटै एप्सको प्लेटफर्ममा उपलव्ध हुने भएका छन् ।
शुक्रबारदेखि ‘हाम्रो न्यूज एण्ड म्यागाजिन’ नामको मोबाइल एप्लिकेसन सार्वजनिक गरेका भएको हो । यो एप्समा अन्नपूर्ण पोष्ट, आर्थिक अभियान, राजधानी दैनिक, न्यू विजनेश एज, नेपाली टाइम्स, स्वास्थ्य खबर, लिभिङ्वीथ आइसिटी,  नेपालीपत्र र हिमालखवर साप्ताहिक लगायतका पत्रिका र म्यागेजिनहरु पढ्न पाइन्छ । साथै ‘हाम्रो न्यूज एण्ड म्यागाजिन’ एपमा नेपालको संविधानको डिजिटल भर्सन समेत राखिएको छ ।
हाल यो एप एन्ड्रोइड र आईओएस दुवै प्लेटर्फमममा उपलब्ध रहेको हाम्रो पात्रोका प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतीले जानकारी दिए ।



Load disqus comments

0 comments