Friday, March 11, 2016

फोनको स्क्रीनमा दाग धब्बा लाग्यो, कसरी सफा गर्ने ?

हामी फोन चलाउँदै खाना, खाजा खाँदै गर्दा खानेकुरा मोबाइल स्क्रीनमा लाग्न पुग्छ । यस्तो बेला जे आफूसँग छ त्यही चिजले रुमाल, टिस्यू पेपर केही पाइएन भने हातले समेत पुछिदिन्छौ ।
यसरी जे पायो त्यही चिजले फोनको स्क्रीन सफा गर्दा स्क्रीन कोरिने (स्क्र्याच), दाग–धब्बा लाग्न सक्छ । त्यसैले हल्का दाग स्क्रीनमा छ भने नरम कपडा वा सम्भव हुन्छ भने ‘माइव्रmोफाइबर कपडा’ले स्क्रीनमा हलुकासँग पुछ्दा उचित हुन्छ । तपाईंलाई माइक्रोफाइबर भनेको चाहा छैन भने चश्मा किन्दा सँगै आउने पातलो नरम कपडा हुन्छ नी त्यही हो माइव्रmोफाइबर कपडा । यस्तो कपडा चश्मा पसलमा किन्न पाउनुहुन्छ ।
यदि स्व्रmीनमा दाग­धब्बा अलिक कडा खाले छ भने फोन स्विच अफ गर्नुहोस् । त्यसपछि नरम कपडा (माइक्रो फाइबर)मा थोरै स्मार्टफोन सफा गर्ने क्लिनिङ्ग स्प्रे, डिस्टिल्ड वाटर टुथ पेष्ट राखेर स्व्रmीनमा हल्कासँग पुछ्नुहोस् । फोनको स्क्रीन सफा गर्दा कहिले पनि पानीको प्रयोग नगर्नुहोस् किनकी पानीले स्व्रmीनको चिल्लोपनामा ह्रास ल्याई चमक घटाउछ ।
Load disqus comments

0 comments