Tuesday, March 8, 2016

मोबाइलमा इन्टरनेट चलाउनु हुन्छ ? यसरी बचाउनुहोस् डाटा

स्मार्ट फोनमा इन्टरनेट चलाउँदा थाहै नपाई डाटा सकिने कुराप्रति तपाईं सचेत बन्नुभएको छ ? तपाईं सचेत नहुँदा नसोचेको समयमा डाटा सकिने र पैसा पनि बढी लाग्ने समस्या हुन्छ ।  पछिल्लो समयमा स्मार्टफोनको अत्याधिक प्रयोगसँगै मानिस मोबाइलबाट नै इन्टरनेट चलाउँछन् ।  त्यसमाथि वाइफाई नभएको स्थानमा डाटाबाट इन्टरनेट चलाउने प्रयोगकर्ता पनि बढिरहेका छन् ।  यहाँ मोबाइल इन्टरनेट डाटा चलाउँदा विचार गर्नुपर्ने विषयका बारेमा चर्चा गरिएको छ:
१. अटो अपडेट एप्स
स्मार्ट फोनमा इन्टरनेट कनेक्सन हुने वित्तिकै तपाईंका विभिन्न एप्स अटो अपडेट र अपडेटेड भर्सन इन्स्टल गर्छ थाल्छन् ।  यसले गर्दा तपाईंको डाटा भने थाहै नपाई एक्कैछिनमा सकिन्छ । 
के गर्ने ?
सबैभन्दा पहिले प्ले स्टोरको सेटिङमा अटो अपडेट बन्द गर्नुस् ।  यसपछि तपाईंको कुनै पनि एप अटो अपडेट हुँदैन ।  यसले तपाईंको डाटा जोगाउन मद्दत गर्छ ।

२ डाटाको जानकारी
इन्टरनेट डाटा प्याकेज सकियो भने मोबाइलमा तपाईंको मुख्य ब्यालेन्सबाट पैसा काटिन थाल्छ ।  त्यसैले मोबाइलमा इन्टरनेट डाटा प्याकेज सेटिङमा लिमिट सेट गर्नुस् ।  यसबाट तपाईंलाई डाटा सकिएको जानकारी हुन्छ ।
के गर्ने ?
स्मार्टफोनको सेटिङ्मा जानुहोस्, त्यहाँ डाटा युजेज अप्सन देख्नुहुनेछ ।  मोबाइल डाटा लिमिटमा तपाईंलाई डाटा सेट गर्ने सुविधा रहेको छ ।  कुन दिन कति डाटा सकियो भन्ने पनि जानकारी पाउनुहुने छ । 

३ अनावश्यक नोटिफिकेसन
स्मार्टफोन चलाउँदा एप्सलाई धेरैले त्यतिकै खुला राख्ने वा मिनिमाइज गरेर राख्ने गर्दछन्, जसले गर्दा त्यो एपका लागि डाटाका साथै व्याट्री समेत खर्च भइरहेको हुन्छ । 
के गर्ने ?
सबै ब्याकग्राउन्ड एप बन्द गर्नुस् ।  चाहिने एप मात्र खुला राख्नुस् ।  यसले इन्टरनेट डाटा जोगिन्छ ।  यसले ब्याट्रीको ब्याकअप पनि बढी दिन्छ ।

४ ब्याक ग्राउन्ड डाटा
तपाईंलाई थाहा नै नभईकन स्मार्टफोनमा ब्याकग्राउन्ड डाटा एप्लिकेन चलिरहेको हुन्छ ।  तिनले तपाईंको इन्टरनेट प्याकेज खर्च गर्छन् ।  तीनलाई तपाईं बन्द गर्न सक्नु हुन्छ ।
के गर्ने ?
यसका लागि सेटिङमा गएर डाटा युजेजमा रहेको ब्याकग्राउन्ड डाटा रेस्ट्रिक्सनमा क्लिक गर्नुस् ।  यसबाट ब्याकग्राउन्ड बन्द हुन्छ ।  यसो गर्दा चलाएको बेला मात्र डाटा खर्च हुन्छ ।

५ 2G/3G को प्रयोग
तपाईंको स्मार्टफोनमा घन् सुविधा छ भने यसमा चलाउँदा विचार गर्नुस् ।  किन भने घन् ले तपाईंको धेरै डाटा खाइदिन्छ ।  ब्याट्री पनि छिटो सकिन्छ ।
के गर्ने ?
अधिकांश एप्समा 2G नेटवर्कमा राम्रो सपोर्ट गर्छ ।  भिडियो लागि मात्र 3G राम्रो मानिन्छ ।  सकेसम्म 2G नेटवर्क प्रयोग नगर्नुस् ।  अझ मोबाइलमा कुराकानीका लागि मात्र हो भने 2G मा राख्नुहोस्, इन्टरनेट चलाउँदा मात्र 3G को प्रयोग गर्नुहोस्, जसबाट तपाइको ब्याट्री ब्याकअप राम्रो हुन्छ । 

६ अनलाइन अडियो/भिडियो
स्मार्टफोनमा गीत सुन्नका लागि अनलाइन एप्स प्रयोग गर्ने बानी छ भने पनि सावधान हुनुहोस् ।  यस्ता एप्सले तपाईंलाई महँगो पार्न सक्छन् ।  अडियो र भिडियोका लागि बढी डाटा खर्च हुन्छ । 

७. ओपेरा मिनी ११ ब्राउजरमा हाई र एक्सट्रिम गरी दुई प्रकारका कम्प्रेसन मोड दिइएको हुन्छ, जसको माध्यमबाट तपाईं वेब सर्फिङ्ग मज्जाले गर्न सक्नुहुन्छ त्यो पनि कम खर्चमै । 
Load disqus comments

0 comments