
हाइटेक मेट्रो बसमा रहेको ‘लोकेसन ट्रयाकिङ’ सिष्टम सहितको मोबाइल
यातायात एप ले यात्रुहरुलाई आफ्नो स्थानबाटै निकट दुरीमा रहेको बस र यसमा रहेका यात्रुको संख्याबारे समेत पाउन सक्छन् । साथै यात्रुहरुले आफू चढ्ने बसको छनोट आफू भएको स्थानबाटै गर्न सक्छन् । यो मोबाइल एप महानगर यातायातको सहकार्यमा मौलिक तरङले ल्याएको हो । यो यातायात एप यही मार्च १२ मा गुगल प्ले स्टोरमा सार्वजनिकरूपमा डाउनलोडका लागि राखिएको उल्लेख छ । एकदमै लाइट भर्सनमा ल्याइएको एपको साइज १.७ एमबी मात्र छ । यो एप १.० भर्सनका साथ रिलिज गरिएको छ ।
महानगर यातायातले रिङरोडमा अत्याधुनिक बस सेवा आइतबारदेखि सुरु गरेको हो । पहिलो चरणमा ३९ बसले रिङरोडका यात्रुहरुलाई सेवा दिने बताइएको छ ।
0 comments