Saturday, March 12, 2016

विश्वका सर्वाधिक धनी व्यक्तिको सूचिमा १० स्थान माथी उक्लिए मार्क जुकरवर्ग

फेसबुकका संस्थापक मार्क जुकरवर्ग विश्वका सर्वाधिक धनी व्यक्तिको सूचिमा १० स्थान माथी उक्लदैँ छैटौँ स्थानमा पुग्न सफल हुनुभएको छ । सन् २०१५ मा १६ औँ स्थानमा रहेका मार्कको कुल सम्पत्ति ४४ अर्ब ६० करोड डलर रहेको छ ।
फोबर्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१६ को लागि विश्वका धनी व्यक्तिको सूचीमा ३० वर्षिय जुकरवर्ग पहिलो पटक धनी व्यक्तिहरुको टप टेनमा पर्न सफल हुनभएको हो ।
जुकरवर्ग र प्रिन्सेलाको एक छोरी हुनुहुन्छ । यो वर्ष मात्र ११.२ बिलियन थप कमाइ गरेर जुकरवर्ग १० स्थान फड्कदै छैँटौँमा आइपुग्नुभएको हो  । उहाँले फेसबुक सेयरको ९९ प्रतिशत कल्याणकारी कार्यको लागि दिने घोषणा गर्नुभएको छ ।
को को विश्वका टपटेन अर्बपतिको सूचिमा ?
१. बिल गेट्सः सम्पत्ति ७५ अर्ब डलर, अमेरिका
२. एमान्सियो ओर्टेगाः सम्पत्ति ६७ अर्ब डलर, स्पेन
३. वारेन बफेटः सम्पत्ति ६१.८ अर्ब डलर, अमेरिका
४. कार्लोस स्लिम हेलुः सम्पत्ति ५१ अर्ब, मेक्सिको
५. जेफ बेजोसः सम्पत्ति ४५.२ अर्ब, अमेरिका
६. मार्क जुकरबर्गः सम्पत्ति ४४.६ अर्ब, अमेरिका
७. ल्यारी इलिसनः सम्पत्ति ४३.६ अर्ब, अमेरिका
८. माइकल ब्लुम्बर्ग ः सम्पत्ति ४१ अर्ब, अमेरिका
९. चाल्र्स कोचः सम्पत्ति ३९.६ अर्ब, अमेरिका
Load disqus comments

0 comments