Wednesday, March 16, 2016

बन्द ल्यापटपबाट यसरी गर्नुहोस् मोबाइल चार्ज

यति बेला देशमा लोडसेडिङको चरम समस्या छ ।  भनेको समयमा बिजुली आउँदैन वा कहिलेकाहीँ मोबाइल चार्ज गर्न खोज्यो बिजुलीको प्लग मिल्दैन, चार्जर बोक्न भुलिन्छ ।  अझ बिजुली नभएको ठाउँमा पुग्दा अर्को समस्या ।  यस्तोमा ल्यापटपमा जोडेर चार्ज गर्न खोज्दा ल्यापटप बन्द भएमा चार्ज नहुने हुन्छ तर ल्यापटप बन्द भएको अवस्थामा समेत निम्न तरिका अपनाएमा मोबाइल चार्ज गर्न भने मिल्छ है ।  प्रायः यो विधि Sleep Mode मा अधिकांश ल्यापटपमा काम गर्छ ।  त्यसका लागि निम्न अनुसारको कम्प्युटर सेटिङ हेर्नुहोला । 

१.    विन्डोज सेभेन वा त्यसपछिको अपरेटिङ सिस्टम भएको कम्प्युटरको माइ कम्प्युटरमा क्लिक गरेर प्रोपटिजमा क्लिक गर्नुहोस् । 
 २.    त्यसपछि डिभाइस म्यानेजरमा क्लिक गर्नुहोस् ।  डिभाइस म्यानेजर डाइलग बक्स खुल्छ, त्यहाँ रहेको युनिभर्सल सिरियल बस कन्ट्रोलमा क्लिक गरेपछि युएसबी रुट हब देखिन्छ । 

३.    युएसबी रुट हबको प्रोपटिजमा क्लिक गरेपछि पावर म्यानेजमेन्ट ट्याबमा अलाउ दि कम्प्युटर टु टर्न अफ दि डिवाइस टु सेभ पावर (Allow the computer to turn off this device to save power) को बक्समा रहेको टिक मार्क हटाउनुहोस् । 

४.    यति गरेपछि ल्यापटप बन्द भएका बेला पनि स्मार्टफोन चार्ज गर्न मिल्छ । 
यसो गर्दा ल्यापटप बन्द भएको समयमा समेत ब्याट्री भने प्रयोगमा आउँछ ।  यसरी विद्युत् नभएको तथा ल्यापटप बन्द भएको अवस्थामा पनि मोबाइल धेरैपटक चार्ज गर्न मिल्छ ।

 (गोरखापत्र दैनिकको सूचना प्रविधि पेजमा प्रकाशित)

Load disqus comments

0 comments