Thursday, March 17, 2016

'प्रकोप व्यवस्थापनमा आइसिटी' आइनेट सम्पन्न

नेपालमा गएको शक्तिशाली भूकम्पको विपत्तीमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग र नेपालले हासिल गरेको अनुभवसम्बन्धी महत्वपूर्ण चर्चा गर्दै काठमाडौंमा जारी 'प्रकोप व्यवस्थापनमा आइसिटी' आइनेट (INET Kathmandu) सम्मेलन सम्पन्न भएको छ ।
इन्टरनेट सोसाइटी एसिया प्यासिफिक ब्युरोको आयोजना तथा इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, नेपाल दूरसञ्चार प्राधिकरण, क्यान महासंघ र नेपाल इन्टरनेट सेवाप्रदायक संघ र भूकम्प प्रविधि राष्टिय समाजको सहआयोजनामा भएको सो सम्मेलनलाई सम्बोधन गर्दै सूचना तथा सञ्चार मन्त्री शेरधन राईले विपत् व्यवस्थापनमा आइसिटीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनका सम्भावित विपत् व्यवस्थापनमा समेत संस्थागत रुपमा सूचना प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने भनाइ राख्नुभयो ।
कार्यक्रमका विशेष अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिगम्बर झाले इन्टरनेटको ब्रोन्डव्यान्ड पहुच पुर्याउन निजी क्ष्ँेत्रको भूमिका थप आवश्यक रहेको र सोको लागि प्रँधिकरणबाट आवश्यक नीतिगत तथा आर्थिक सहयोग उपलब्ध हुने विश्वास दिलाउनुभयो । कार्यक्रममा क्यान महासंघका अध्यक्ष्ँ ई. विनोद ढकाल, इन्टरनेट सोसाइटी एसिया प्यासिफिक क्ष्ँेत्रका निर्देशक रजनेश सिंहले सूचना प्रविधिले विपत् व्यवस्थापनमा खेलेको भूमिका प्रशंसनीय रहेको बतउनुभयो ।
सम्मेलनमा आपतकालीन योजना, आपतकालीन सेवा, प्रकोप व्यवस्थापन र यससम्बन्धित विषयमा अन्तराष्टिय एजेन्सी एवं राष्टिय सरोकारवाला निकायहरु सहभागी थिए । २ ओटा सेसन र २ ओटा प्यानलमा सञ्चालन भएको सम्मेलनमा मुख्यतयाः ०७२ सालको भूकम्पबाट नेपालले सिकेको पाठ, क्षेत्रीय विकास, अनुभव र सुचना आदानप्रदान गर्ने, प्रकोप जोखिम नियन्त्रणमा इमर्जिङ प्याराडिज्म, अल्पकालीन र दीर्घकालीन रुपमा प्रकोप व्यवस्थापनका लागि भविष्यमा अपनाउनुपर्ने उपाय र महत्वपूर्ण पूर्वाधारबारे छलफल भएको थियो ।
Load disqus comments

0 comments