Thursday, March 17, 2016

स्काइपले ल्यायो नयाँ फिचर, भिडियो हेर्नेदेखि ल्यान्डलाइनमा फोन गर्ने विकल्प !

अमेरिकी बहुराष्ट्रिय कम्पनी 'माइक्रोसफ्ट कर्पोरेशन'ले स्काइपमा भिडियो हेर्ने नयाँ फिचर ल्याएको छ ।
भिडियो हेर्ने सुविधाका साथै स्काइपमा सिधै मोबाइल वा ल्यान्डलाइनमा फोन गर्ने विकल्प रहेको छ ।
माइक्रोसफ्ट कर्पोरेशनका अनुसार प्रयोगकर्ताले यूट्युबको लिंक स्काइपमा सेयर गर्न र सिधै यूट्युब भिडियो समेत हेर्न सक्ने छन् ।
यस अघि स्काइपले फेब्रुअरीमा ग्रुप कलिङमा २५ जनासम्मले भाग लिन सकिने सुविधा थप गरेको थियो ।
Load disqus comments

0 comments