Friday, April 1, 2016

अब गुगलले फाइबर फोन सेवा पनि दिने

इन्टरनेट सर्च इन्जिन गुगलले अबदेखि टेलिफोन सेवा समेत दिने भएको छ ।
गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले फाइबर मार्फत यो सेवा फोन, कम्यूटर, ट्यावलेट, मोबाइल फोनबाट सञ्चालन गर्न सकिने जानकारी दिएको छ । गुगलले अमेकिकाको ३ वटा शहरमा यस्तो सेवा सुरु गर्न लागेको हो ।
गुगलको फाइबार फोनमा कल वेटिङ्, कल आइडेन्टीफिकेशन, अनलिमिटेड कल, नेशनवाइड कलिङ सहित ९११ जस्ता सुविधा यस सेवा उपलब्ध हुने बताइएको छ । यो सेवा केवल मासिक १० अमेरिकी डलरमा उपलब्ध हुने जनाइएको छ ।
यसअघि गुगलले गुगल फाइबर मार्फत् इन्टरनेट र टीभी सेवा समेत दिदै आएको छ । गुगल फाइबर फोनमा हाल गुगल भ्वाइस सर्भिसले प्रदान गदै आएका अधिकांश सेवाहरू हुनेछन् । 
गुगल फाइबर सेवा पहिलो पटक कान्सास सहरमा केही बर्ष अघि मात्र शुरू भएको थियो । 
Load disqus comments

0 comments