नेट टिभी नेपालले एन्ड्रोइड र आइअोएस प्रयोगकर्ताका लागि मोबाइलमै टिभी हेर्न मिल्ने एप्लिकेसन ल्याएको छ । गुगल प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट निःशुल्क मोबाइलमा डाउनलोड गर्न मिल्ने यो एपमा नेपालीलगायतका दर्जनौँ फ्रि टिभी च्यानल हेर्न सकिन्छ ।
यस एपमार्फत प्रयोगकर्ताले विभिन्न नेपाली, हिन्दी तथा अङ्ग्रेजी भाषाका मनोरञ्जन तथा खेलकुदका च्यानल निःशुल्क हेर्न सक्छन् । कम्पनीका अनुसार सोनी, स्टार प्लस, स्टार मुभि एचबिओलगायतका अन्य पे च्यानल हेर्नुपरेमा प्रतिच्यानल १० रुपियाँ तिर्नुपर्छ ।
छिट्टै सेटअप बक्समार्फत नेपालमा पहिलो पटक आइपी टेलिभिजन सेवा सुरु गर्ने क्रममा रहेको नेट टिभीले नेपालका लागि फ्रि मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो । नेट टिभीले नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकसँगकोे सहकार्यमा सेटअप बक्समार्फत छिट्टै आइपी टेलिभिजन सेवासमेत ल्याउने योजना बनाएको जनाएको छ ।
नेट टिभी डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

0 comments