Friday, April 22, 2016

गुगल डुडलमा पृथ्वी दिवस

विश्वको नम्बर वान सर्च इन्जिन गुगलले २२ अप्रिल अर्थात् पृथ्वी दिवस दिवसलाई सेलिव्रेट गर्दै आफ्नो होमपेजमा पृथ्वी दिवसको डुडल राखेको छ । 
 पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ। यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो। यो दिवस प्रत्येक बर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ। सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरका थिए। तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे। स्रोतः विकिपिडिया
Load disqus comments

0 comments