Friday, March 3, 2017

चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुल्यो

काठमाडौँ, फागुन २० गते । चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुला भएको छ ।
 नेपाल  एस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्राईका अनुसार २० वर्षभन्दा कम उमेरका दश जोड दुईका विद्यार्र्थीहरुले आगामी चैत्र ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको पहिलो चरणको परीक्षा आगामी चैत्र १२ गते बिराटनगर, चितवन, काठमाडौँ, पोखरा र बुटवलमा एकै पटक सञ्चालन हुने जनाइएको छ । तीन चरणमा सञ्चालन गरिने परीक्षाको अन्तिम चरण मार्फत पाँच जना उत्कृष्ट विद्यार्र्थीलाई आगामी नोवेम्बरमा थाईल्याण्डमा हुने ११ औं अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिने मौका पाउनेछन् ।
आवेदन सम्बन्धी सम्पूर्ण जानकारी www.nepalastronomicalsociety.org/olympiad मा उपलब्ध रहेको छ ।

Load disqus comments

0 comments