विश्वमै सबैभन्दा धेरै प्रयोगकर्ता भएको इन्टरनेट सर्च इञ्जिन कम्पनी गुगलले आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमको घोषणा गरेको छ । कम्पनीले नयाँ संस्करण एन्ड्रोइड एनको नाम एन्ड्रोइड नोगट (Nougat) हुने जनाएको छ । विगतका एन्ड्रोइड अपरेटिङको तुलनामा नयाँ एन्ड्रोइड एनमा विभिन्न नयाँ फिचर्सहरू राखिएकाले प्रयोगकर्ताले मन पराउने गुगलको दाबी रहेको छ ।
गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टमको नाम मिठाइको नाममा राख्दै आएको छ । कपकेक, डुनट, इक्लेयर, फोरोयो, जिन्जरबर्ड, हनीकम्ब, आइसक्रिम स्यान्डविच, जेलिबिन, ललिपप, मार्समेलो हुँदै गुगलले पछिल्लो एन्ड्रोइड अपरेटिङ सिस्टमको नाम एन्ड्रोइड नोगट राखेको छ । एन्ड्रोइड नोगटमा मल्टी विन्डो सपोर्ट, स्पिट स्क्रिन, इन्ह्यान्स्ड नोटिफिकेसन, नम्बर ब्लकिङजस्ता फिचर हुने कम्पनीले जनाएको छ । साथै यसमा डुअल एप सपोर्ट अर्थात् एकैपटक दुईवटा एप खोल्न सकिने फिचर रहेको छ ।

0 comments