लोकप्रिय सामाजिक सञ्जाल, फेसबुक प्रयोगकर्ताका लागि खुसीको खबर छ । त्यो के भने अब छिटै तपाईंले फेसबुकमा ४५ भाषामा अफ्ना पोस्ट गर्न पाउनुहुने भएको छ । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार फेसबुकले विकास गरेको सफ्टवेयरको सहयोगमार्फत फेसबुक प्रयोगकर्ताले आफ्ना पोस्टहरू ४५ भाषामा अनुवाद गर्न सक्नेछन् ।
उक्त सफ्टवेयरको विशेषता भनेकै प्रयोगकर्ताले कुनै भाषामा लेख्न र पढ्न फेसबुकले दिएका ४५ भाषामध्ये जुनसुकै भाषामा अनुवाद गर्न सक्नेछ । फेसबुकले विकास गरेको यो अनलाइन टुलमा फ्रेन्चदेखि लिएर फिलिपिनो तथा लिथुआनियनजस्ता भाषा सामेल रहेको जनाइएको छ ।
फेसबुकका प्रयोगकर्ताले आफूले लेखेको कुनै एक भाषालाई अरू धेरै भाषामा सजिलै उल्था गरेर लेख्न सक्नेछन । फेसबुकको कुनामा एउटा बक्समा देखिनेछ जहाँबाट प्रयोगकर्ताले आफूले चाहेको भाषा सजिलै छनोट गरेर पोस्ट गर्न पाउनेछन् । यस्तै फेसबुकमा बनाइएका पेजका आधिकारिक व्यक्ति वा संस्थाले पनि यो फिचरलाई बहुभाषामा सदुपयोग गर्न सक्नेछन । यस्तै अवलोकन गर्ने प्रयोगकर्ताले पनि आफूले हेर्न चाहेको भाषामा रोजेर हेर्न सक्नेछन् ।
आधिकारिक रूपमा फेसबुकले यस्तो सफ्टवेयर विकास गरेको समाचार सार्वजनिक भने गरेको छैन । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार फेसबुकले हाल यो फिचरलाई सीमित प्रयोगकर्तामा परीक्षण गरिरहेको छ । साथै अहिलेसम्म पाँच हजार फेसबुक पेजमा यो फिचरको प्रयोग भइरहेको भन्ने समाचार छ । आशा गरौँ यो फिचर छिट्टै सबै प्रयोगकर्ता माझ फेसबुकले ल्याउनेछ ।

0 comments