Monday, July 4, 2016

एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक’, ८ रुपियाँमा ३० मिनेट टक टाइम

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि नयाँ योजना अन्तर्गत ‘डे भ्वाइस प्याक’ ल्याएको छ । 
यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकहरूले ३० मिनेट अन–नेट टक टाइम करसहित ८ रुपियाँमा खरिद गर्नसक्ने छन् ।  कम्पनीका अनुसार यो भ्वाइस प्याक योजना असार ८ गतेबाट लागू भएको छ । 
यो प्याकको सुविधा बिहान ५ बजेदेखि बेलुका ५ सम्म लागू हुने कम्पनीले जनाएको छ ।  यो प्याक सञ्चालन गरेको समयबाट २४ घण्टाका लागि मान्य हुनेछ ।  एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले ८१७११८३ साथै ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो प्याक लिन सक्नेछन् र पछिल्लो पटक सञ्चालन प्याकको आधारमा समयावधि थपिने कम्पनीले जनाएको छ ।  प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागू हुनेछ ।  ग्राहकले पनि ८९०१३ डायल गरी आफ्नो बाँकी टक टाइमको जानकारी लिन सक्छन् ।  यो योजना ९० दिनसम्म लागू हुने कम्पनीले जनाएको छ । 

Load disqus comments

0 comments