Saturday, July 2, 2016

भाइबरमा अब नेपाली भाषाका स्टिकर

सर्वाधिक लोकप्रिय ‘म्यासेजिङ एप’ भाइबरले नेपाली भाषिलाई लक्षित गर्दै नेपाली भाषामा पहिलोपटक आफ्ना स्टिकरहरू ल्याएको छ । 
बदेखि नेपाली प्रयोगकर्ताले म्यासेज गर्दा नेपाली भाषाका स्टिकर आदान प्रदान गर्नसक्ने छन् ।  भाइबरले फ्रेन्डी, अप्ठ्यारो र अङ्ग नामका ३ वटा नेपाली भाषाका नयाँ स्टिकर प्याक ल्याएको छ ।  यी स्टिकर मोबाइल र कम्प्युटरमा निःशुल्क डाउनलोड गर्न सकिन्छ । 
भाइबरका अनुसार हाल विश्वभर ७ करोडभन्दा बढी प्रयोगकर्तामध्ये नेपालमै ४५ लाख सूचीकृत प्रयोगकर्ता भएको कम्पनीले जनाएको छ । 
साथै नेपाली भाषाका स्टिकरहरू जारी गर्दै भाइबरले नेपाललाई प्राथमिक बजारमा राखेर लगानी गर्ने घोषणासमेत गरेको छ । 
नेपाली ग्राहकको रुचिलाई ध्यानमा राख्दै यहाँका विभिन्न कम्पनीसँग सहकार्य गर्दै केही महिनामा नै नेपालभर अन्य सेवा विस्तार गर्ने योजना बनाएको भाइबरले  बताएको छ । 
Load disqus comments

0 comments