बागलुङको सबैभन्दा पुरानो पुस्तकालयमा कम्प्युटर किताब पढ्न पाइने भएपछि वृद्धदेखि बालबालिकाको घुइँचो लाग्न थालेको छ । ७० वर्ष अगाडि स्थापना भएको विद्यामन्दिर पुस्तकालयले विद्युतीय पुस्तकालय स्थापना गरेपछि किताबको खातबाट पुस्तक रोजेर पढ्ने पाठकहरूलाई सहज भएको छ ।
वि.सं. २००३ सालमा स्थापना भएको पुस्तकालयमा धार्मिक, राजनीतिक, सांस्कृतिक, उपन्यास, हिन्दी, अङ्ग्रेजीलगायत विभिन्न भाषाका १४ हजार बढी पुस्तक रहेका छन् । पुस्तकालयमा प्रायः समय पाठकको भीडभाड हुने गर्दथ्यो । आफूलाई मन लागेको पुस्तक पढ्न पाठकहरू आउने गरेका थिए । सूचना प्रविधिको विकाससँगै पुस्तकालयलाई आधुनिक बनाउनका लागि कम्प्युटरमार्फत किताब पढ्ने व्यवस्था मिलाइएको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।
बागलुङ बजारको शिवधारा चोकमा आफ्नै सुविधा सम्पन्न भवन रहेको पुस्तकालयमा निर्माण गरिएको इ–लाइब्रेरीमा १० हजार बढी विषयगत पाठ्यसामग्री र एक लाखभन्दा बढी सन्दर्भ सामग्री रहेका छन् । ‘वेभ सर्भर’ प्रणालीबाट इ–लाइब्रेरी बनाइएकाले इन्टरनेटबिना पनि पुस्तक पढ्न सकिने व्यवस्था गरिएको राजभण्डारीले बताउनुभयो ।
पुस्तक पत्रपत्रिका पढ्नलाई सहज बनाउँदै आएको पुस्तकालयले युवापुस्तालाई लक्षित गरेर इ–लाइब्रेरीको सुरुवात गरेको पुस्तकालयका सचिव राम थापाले बताउनुभयो । अहिलेको युवापुस्ता अध्ययन गर्न बढी रुचाउँछन्, विश्व परिवेशअनुसार अध्ययनलाई अगाडि बढाउनका लागि पुस्तकालय आकर्षणको केन्द्र बनेको छ । पुस्तकालयमा धेरै पुराना तथा अति उपयोगी पुस्तकहरू भएकाले पुस्तकलाई आधुनिक तथा परम्परागत दुवै तरिकाले सञ्चालन गरिरहेको थापाको भनाइ छ ।
धेरै पुराना राजनीतिक, सांस्कृतिक तथा धार्मिक ग्रन्थहरूको इलेक्ट्रोनिक्स कपी फेला पार्न समस्या हुन्छ, त्यसका लागि पाठकहरू पुस्तकालयमै आएर पुस्तक छानी छानी अध्ययन गर्ने र नयाँ कुरा इन्टरनेटबाट तानेर अध्ययन गर्ने गरेका छन् । यसरी पढ्दा धेरै सहज भएको विद्यार्थी भीम कँडेलले बताउनुभयो । वैशाखदेखि सुरु गरिएको इ–पुस्तकालयमा अहिले छवटा कम्प्युटर रहेका छन् । दैनिक २०÷२५ जना पाठक आउने पुस्तकालयलाई अझ व्यवस्थित गर्नका लागि कम्प्युटर थप्ने क्रम जारी रहेको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।
जिल्लाकै पहिचान एवं पुरानो पुस्तकालय रहेकाले पुस्तकालय निर्माणका लागि विभिन्न देशमा रहेका युवाले आर्थिक सहयोग अभियान नै चलाएका छन् । पुस्तकालय व्यवथापनका लागि गैरआवासीय नेपालीको आर्थिक र नेपाल लाइब्रेरी फाउन्डेसनको प्राविधिक सहयोगमा विद्युतीय पुस्तकालय सञ्चालनमा ल्याइएको हो । पुस्तकालय व्यवस्थापनका लागि बागलुङ घर भई हाल युरोपमा रहनुभएका सोम सापकोटाको पहलमा दुई लाख ५० हजार, जिल्ला विकास समितिको कार्यालयबाट ७० हजार, बागलुङ नगरपालिकाबाट ५० हजार र बागलुङ सेवा समाज कतारबाट ३० हजार रुपियाँ प्राप्त भएको थियो ।
- चन्द्रप्रकाश शर्मा
साभारः सूचना प्रविधि पृष्ठ/गोरखापत्र दैनिक

0 comments