धेरैले रुचाएको सर्च इञ्जिन गुगलले नयाँ भिडियो च्याटिङ एप ‘गुगल डुओ’ सार्वजनिक गरेको छ ।
यो एप अन्य भिडियो च्याटिङ एपभन्दा खास फरक नभए पनि यसमा रहेको ‘नक नक’ फिचरका कारण यो एप चर्चामा रहेको छ । यो फिचरमार्फत प्रयोगकर्ताले कल गर्ने व्यक्तिको लाइभ भिडियो सुरुमै देख्ने भएकाले कल रिसिभ गर्ने वा नगर्ने भन्ने निर्णय लिन रिसिभरलाई सहज हुने बताइएको छ ।
एन्ड्रोइड र आइओएस दुवै ओएसमा निःशुल्क उपलब्ध यो एपले फेसबुकको म्यासेन्जर, एप्पलको फेस टाइम र माइक्रोसफ्टको स्काइपसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
साथै डुओमा कुनै व्यक्तिलाई भिडियो कल गर्नका लागि प्रयोगकर्ताको फोन नम्बरको आवश्यकता पर्ने छैन । प्रयोगकर्ताले आफ्नो फोन लिस्टमा भएका व्यक्तिलाई सहजै भिडियो कल गर्न सक्ने गुगलले आफ्नो अफिसियल ब्लगमार्फत जनाएको छ ।
यसो त गुगलले सन् २०१३ देखि नै ह्याङ्ग आउट नामक एपमार्फत भिडियो कलिङ्गको सुविधा दिँदै आएको छ । ह्याङ्ग आउटले अन्य भिडियो च्याटिङ एपसँग सोचेबमोजिम प्रतिस्पर्धा गर्न नसकेपछि गुगलले गुगलले भिडियो च्याटिङ एप ‘गुगल डुओ’ नामक नयाँ एप ल्याएको बताइएको छ ।
- अजय शर्मा
भिडियो हेर्नुहोस्

0 comments