Wednesday, August 3, 2016

टेलिकमको ‘फाइवर टू दि होम’ को मूल्य घट्यो

नेपाल टेलिकमले उच्च गतिको इन्टरनेट सेवा ‘फाइवर टु दि होम’को मूल्य घटाएको छ ।  साथै टेलिकमले एफटीटीएच प्याकेज बिक्री वितरण, सीपीई महसुल तथा अप्टिकल फाइबरको दर आषाढ ३ गतेदेखि लागू हुने गरी परिवर्तन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नयाँ दर अनुसार एफटीटीएच प्याकेजमा १२० जीवी डेटा १० एमवीपीएसका लागि पाँच हजार एक सय ६० रुपियाँ बनाएको छ जुन तीन महिनाको अवधिका लागि मान्य हुन्छ ।  ६०० जीबीका लागि वार्षिक २३ हजार ४० रुपियाँ मात्र पर्ने यो प्याकेजमा १०० एमवीपीएससम्मको स्पीडमा चल्ने टेलिकमले उल्लेख गरेको छ । 
साथै एफटीटीएच प्याकेजअन्तर्गत ग्राहकले लिएको डाटा भोलुम समयावधि पूर्व सकिएमा डाटाको अवधिसम्म १९२ केवीपीएसको इन्टरनेट चलाउन सकिने टेलिकमले जनाएको छ ।  टेलिकमले हाल एफटीटीएचका उल्लेखितभन्दा अरू प्याकेजहरू स्थगित गरेको जनाएको विज्ञप्तिमा जनाइएको छ ।  हाल उपलब्ध रहेका एफटीटीएच सेवाको सीपीईको शुल्कमा पनि परिमार्जन गरी नयाँ घटाएको मूल्यमा खरिद गर्न आग्रहसमेत गरेको छ ।
टेलिकमले कम्पनीबाट उपलब्ध गराएको सीपीई बिग्रिएमा एक महिनासम्म निःशुल्क मर्मत तथा साटिदिने जनाएको छ ।  तोकिएको समयभन्दा पछि बिग्रिएमा थप पाँच हजार रुपियाँ लिएर रिप्लेस गर्न सकिने टेलिकमले जनाएको छ ।
नयाँ जडान गर्ने ग्राहकलाई टेलिकमले दुई कोर अप्टिकल फाइवर तार एक सय मिटरसम्म निःशुल्क र त्यसभन्दा थप गर्नुपर्ने भएमा प्रतिमिटर २० रुपियाँमा उपलब्ध गराउने जनाएको छ । 

- अजय शर्मा
Load disqus comments

0 comments