Wednesday, September 21, 2016

ग्यालेक्सी नोट ७ फिर्ता लिने सामसुङको घोषणा ǃ

दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी नोट सेभेन स्मार्ट फोन फिर्ता लिने निर्णय गरेको छ ।
अमेरिका र दक्षिण कोरियामा फोन चार्ज गर्ने क्रममा थुप्रै फोन पड्किएपछि हालसालै लन्च भएको नोट ७ स्मार्ट विश्वबजारबाट फिर्ता लिने कम्पनीले निर्णय लिएको हो ।
अहिलेसम्म ग्यालेक्सी नोट ७ स्मार्टफोन २५ लाखभन्दा बढी बिक्री भइसकेको छ ।  सामसुङले हालसम्म ३५ ब्याट्री पड्किएको गुनासो आएको बताएको छ ।  गत महिनादेखि केही प्रयोगकर्ताले ग्यालेक्सी नोट–७ चार्ज गर्दा ब्याट्री पड्किएको भन्दै उक्त बिग्रिएको मोबाइलको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि स्यामसुङले यसबारे अध्ययन सुरु गरेको थियो ।

Load disqus comments

0 comments