Wednesday, September 21, 2016

वाईफाईको गति तीन गुणाले बढ्ने !

हामीले चलाइरहेको वाईफाईको गति अब तीन गुणाले बढाउन सकिने भएको छ ।  हालसालै गरिएको एक अनुसन्धानका अनुसार यस्तो सम्भावना देखिएको हो ।
संयुक्त राज्य अमेरिकाको एमआइटी विश्वविद्यालयले गरेको एक अनुसन्धाले वाईफाईको रेन्जसमेत दुई गुणाले बढाउन सकिने देखाएको छ ।
एमआइटीको आर्टिफिसिएल इन्टेलिजेन्स ल्याबले निर्माण गरेको सिग्नल प्रोसेसिङ सेटले दुईभन्दा बढी राउटर सपोर्ट गर्छ ।  उक्त सिग्नल प्रोसेसिङ सेटलले अन्य वाएरलेस विन्दु पहुँच विस्तार गर्नुका साथै बहुप्रापकलाई पनि एकैसाथ पहुँच स्थापित गर्नेछ ।
 मेगामिमो २ नाम दिइएको सो अनुसन्धान डकुमेन्टका अनुसार उक्त प्राणलीअनुसार मौजुदा राउटरमा तीन गुणा छिटो डाटा प्रसार हुने दाबी गरिएको छ।

Load disqus comments

0 comments