Thursday, September 1, 2016

पासवर्ड परिवर्तन गरिरहनेको एकाउन्ट ह्याक हुने खतरा !

के तपाईंले पासवर्ड परिवर्तन गरिरहनुहुन्छ ? यदी त्यसो हो अबदेखि छिटोछिटो पासवर्ड परिवर्तन नगर्नुहोस् है ।  पटक पटक पासवर्ड परिवर्तन गरिरहँदा एकाउन्ट ह्याक हुनसक्ने खतरा देखिएको एक अध्ययनले देखाएको छ । 
हालसम्म प्रविधिको दुनियामा स्थापित मान्यतालाई चुनौती दिने यो कुरा कुनै हावादारी भने हैन है ।  दूरसञ्चारका क्षेत्रमा काम गर्ने एक सय उत्कृष्ट संस्थामध्येको फेडरल टेलिमकम कमिसनले भर्खरै खुलासा गरेको तथ्य हो यो ।  फेडरल टेलिकम कमिसनले पटक पटक पासवर्ड परिवर्तन गर्नु असुरक्षित रहेको निष्कर्ष निकालेको छ । 
फेडरल टेलिकम कमिसनको रिपोर्टअनुसार पासवर्ड लगातार परिवर्तन गरिरहँदा पासवर्डको प्याट्रन ह्याकरलाई थाहा हुने भएकाले असुरक्षा बढ्ने निष्कर्ष रहेको छ ।  अनुसन्धानबाट के पत्ता लागेको छ भने, जसले चाँडो चाँडो पासवर्ड परिवर्तन गर्छन् उनीहरूले प्रायः सम्झन सजिलो हुने पासवर्ड राख्ने गर्छन् ।  त्यसैले पहिलेको पासवर्डमा दायाँ बायाँ यता उता मात्र गर्ने भएकाले पासवर्ड परिवर्तन गर्नु र नगर्नुको कुनै अर्थ नरहने गर्दछ । 
त्यसो त खासमा तपाईंले राख्ने पासवर्ड कति बलियो छ भन्ने नै महìवपूर्ण कुरा हो ।  तपाईंले राख्ने पासवर्ड सजिलोसँग अनुमान गर्नेछ भने जति नै पटक परिवर्तन गरे पनि के नै अर्थ रहन्छ र ? त्यसैले कदापि पासवर्ड राख्दा मोबाइल नम्बर, नाम र यस्तै सहजैअनुमान गर्नसक्ने खालका पासवर्ड नराख्नुहोस् ।  भनिन्छ नि, ‘अरूलाई चोर दोष लगाउनुको साटो आफ्नो थैली कस्नु’ ।
- अजय शर्मा
Load disqus comments

0 comments