Wednesday, September 21, 2016

फोनमा गोप्य डाटा राख्ने गर्नुभएको छ ? अबदेखि भुलेर पनि त्यसो नगर्नुहोला ǃ

स्मार्टफोनले हाम्रो दिनचर्या निकै सरल र सहज बनाएको छ ।  सबै कुरा एउटा सानो डिभाइस, स्मार्टफोनमा सुरक्षित भइदिन्छ तर के तपाईंलाई थाहा छ ? कुनै यस्तो कुरा हुन्छ जो अत्यन्त संवेदनशील हुन्छ तर पनि हामीले स्मार्टफोनमा राख्छौँ ।  के कुरा स्मार्टफोनमा राख्न हुन्छ हुँदैन यसबारेमा चर्चा गरौँ:

  • नितान्त व्यक्तिगत फोटो तथा भिडियो:

तपाईं हामीले मोबाइल फोनमा नितान्त व्यक्तिगत फोटा जुन अरूले देखेमा समस्या पर्नसक्छ त्यस्ता गोप्य फोटो तथा भिडियो मोबाइलमा नराख्दा नै बेस हुन्छ ।  किनकि अहिले स्मार्टफोन त्यसमा पनि एन्ड्रोइड फोनमा ह्याकिङ् तथा डाटा लिक हुने खतरा बढी हुन्छ ।
मोबाइलमा तपार्इं पोर्न साइट हेर्नुहुन्छ भने त झन् यस्ता साइटले कुकिजमार्फत तपाईंको मोबाइल सेभ भएका फोटो तथा भिडियो चोर्नसक्छ ।  त्यसैले यस्ता गोप्य फोटो तथा भिडियो पेन ड्राइभ, सिडी वा भिसिडी रोममा जस्ता अफलाइन डिभाइसमा राख्नु नै बेस हुन्छ ।
  • थर्ड पाटी एप्लिकेसनः

यदि तपाईंले गुगल प्ले स्टोरभन्दा बाहिरका थर्ड पाटी एप्लिकेसन मोबाइलमा राख्नुभएको छ भने पनि यस्ता एप्लिकेसनले तपाईंको मोबाइलको डाटा चोर्न सक्छन् ।  त्यसैले सकभर गुगल प्ले स्टोर वा सुरक्षित र भरपर्दो स्थानबाट मात्र एप राख्ने गर्नुहोस् ।

  • व्यक्तिगत एकाउन्ट नम्बरः

स्मार्टफोनमा विभिन्न सुविधा राखिएका हुन्छन्, जहाँ तपाईंले आफ्नो व्यक्तिगत एकाउन्ट नम्बर, एटिएम पिन नम्बर, क्रेडिट कार्ड पिन नम्बर राख्न सक्नुहुन्छ तर यसरी स्मार्टफोनमा राखिएका बैङ्क खाता नम्बर, एटिएम पिन नम्बर, क्रेडिट कार्ड पिन नम्बरलगायतका पासवर्ड राख्दा मोबाइलबाटै डाटा लिक हुने, ह्याक हुने वा चोरी, भाइरसको शिकार हुने भएकाले कदापि यस्ता डाटा मोबाइलमा नराख्नुहोस् ।
  • वाईफाई बुस्ट एप, वाईफाई क्रयाकिङ एपः

तपाईंले भुलेर पनि वाईफाई बुस्ट एप, वाईफाई क्रयाकिङ एपजस्ता एप आफ्नो मोबाइलमा नराख्नुहोस् ।  यी एपले काम गरे जस्तो लाग्छ हामीहरूलाई प्रयोग गर्दा कतिपयले त काम पनि गर्छन् तर यस्ता एप प्रायः स्माइवेयर हुन्छन् जसले फोनमा भाइरस तथा मालवेयरको काम गरिरहेका हुन्छन् ।  ह्याकरले यस्ता एपको प्रयोगमार्फत तपाईंको मोबाइल डाटामा पहुँच पु¥याउन सफल भइरहेका हुनसक्छन् ।

  • अनलाइन सपिङ वा इन्टरनेट बैङ्किङ पासवर्ड:

यदि तपाईं अनलाइन सपिङ गर्नुहुन्छ भने तपाईंले प्रयोग गर्ने खाताको युजर नेम तथा पासवर्ड र क्रेडिट कार्डको पिन नम्बर वा पासवर्ड कदापि मोबाइलमा सेभ नगर्नुहोस् ।  मोबाइलबाट अनलाइन कारोबार गर्दा ‘कबखभ थयगच गकभच क्ष्म् यच उबककधयचम’ बटन वा अप्सन अन क्लि गर्नुहोस् ।
यदि तपाईंले मोबाइलमा रहेको ब्राउजर वा एपमा यी जानकारी सेभ गर्नुभयो भने तपाईंका यी गोप्य जानकारी लिक वा चोरी हुने बढी खतरा हुन्छ ।

अजय शर्मा/ आईटी पाना
Load disqus comments

0 comments