Wednesday, November 2, 2016

आधुनिक सूचना दिने मोबाइल एप्स पाएपछि बाँकेका किसान दङ्ग

बाँकेका झण्डै एक दर्जन कृषक समूहलाई कृषि व्यवस्थापन सूचना प्रणाली अन्तर्गत तापक्रममापन यन्त्र, वर्षामापन यन्त्र, किसान सीम कार्ड र मोबाइल एप्स वितरण गरिएको छ ।  जिल्लाका १० वटा कृषक समूहलाई सूचना प्रणालीसम्वबन्धी आधुुनिक सूचना प्रविधि सामग्री वितरण गरिएपछि किसान दङ्ग परेका छन् ।  
कृषि मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले बाँकेका १० वटा कृषक समूहलाई एक समारोहबीच हालै तापक्रममापन यन्त्र, वर्षामापन यन्त्र, किसान सीम कार्ड र मोबाइल एप्स वितरण गर्नुुभएको हो ।  वितरित आधुनिक सूचना प्रविधिसम्बन्धी सामग्रीको माध्यमबाट खेतीमा हुुनसक्ने जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न सकिने र एप्सको फाइदा उठाउँदै मौसममा आउने परिवर्तनका कारण हुने जोखिम न्यूनीकरण गर्न सहयोग पु¥याउने जिल्ला कृषि विकास कार्यालय बाँकेले जनाएको छ ।
कृषि व्यवसाय सूचना प्रणालीले कृषि व्यवसायलाई प्रवद्र्धन गर्न कृषकलाई जलवायु परिवर्तन सम्बन्धमा जानकारी गराउने उद्देश्यले ती सामग्री वितरण गरिएको सो कार्यालयका प्रमुख कृष्णबहादुुर बस्नेतले बताउनुभयो ।  आधुनिक सूूचना प्रविधिसम्बन्धी सामग्री पाएका किसानले सूचना प्रणालीसम्बन्धी सामग्री पाएकोमा खुसी हुँदै कृषिसम्बन्धी नयाँ जानकारी पाउन आफूहरूलाई सजिलो हुने बताएका छन् ।
भुुवरभवानी कृषि सहकारी संस्था, बैजापुरका किसान बिक्रम थारूले यस्तो प्रविधि र सामग्री पहिलोपटक पाएकोमा आपूmहरू दङ्ग परेको बताउनुभयो ।  उहाँले अब बैजापुरमै बसेर किसानले संसारभरिको जानकारी पाउनसक्ने बताउनुभयो ।  जिल्लाका कृषितर्फका पाँच र पशु सेवाका पाँच कृषक समूहलाई छनोट गरी सूचना प्रणाली सामग्री वितरण गरिएको थियो ।  बागेश्वरी पञ्चज्योति कृषि सहकारी संस्था बागेश्वरी, प्रगति महिला बहुउद्देश्यीय सहकारी संस्था साइगाउँ, भुवरभवानी कृषि सहकारी संस्था बैजापुर, फलफूल बगैँचा कृषक समूह खासकुश्मा र प्रगति कृषक समूह बेलभारले ती सामग्री पाएका हुन् ।
त्यस्तै, हरियाली घाँसबाली तथा बीउ उत्पादन स्रोत केन्द्र सीतापुर, रारा राधारानी घाँस तथा घाँसेबाली बीउ उत्पादन समिति चिसापानी, अन्नपूर्ण द्वन्द्वपीडित कृषक महिला समूह नौवस्ता, जनता दूध उत्पादक सहकारी संस्था बागेश्वरी र चुलीमालिका सहकारी संस्था कोहलपुरलाई सो सूूचना प्रविधि सामग्री वितरण गरिएको हो ।  किसानलाई यस्ता आधुनिक सामग्री दिएर मात्र नहुने हुँदा प्रयोग गर्ने तरिका बारे जानकारी गराउनका लागि तालिमको व्यवस्थासमेत गरिने जिल्ला कृषि विकास कार्यालय बाँकेले जनाएको छ ।


स्रोतः सिराजुद्दिन खान/गोरखापत्र सूचना प्रविधि पृष्ठ
Load disqus comments

0 comments