Wednesday, November 2, 2016

टेलिकमले पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने



नेपाल टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएपछि टेलिकमले एकहजार आठसय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सुरु गर्न पाउने भएको हो ।
टेलिकमको प्रस्तावबमोजिम प्राधिकरणको गत शुक्रबारको बोर्ड बैठकले फोर जी सेवा सञ्चालनका लागि अनुमति दिएको टेलिकमका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो ।  उहाँका अनुसार २०१७ जनवरी १ (१७ पुस २०७३) देखि सेवा सञ्चालन तथा विस्तार गर्नेगरी प्राधिकरणले अनुमति दिएको छ ।
अब फोर जी सेवासँगै टेलिकमले १० मेगाहर्जबाट ‘टु जी’ र ‘थ्री जी’ सेवालाई निरन्तरता दिनुका साथै पाँच मेगाहर्जबाट ‘फोर जी’ सञ्चालन गर्ने जनाएको छ ।  टेलिकमले दसँैअघि नै प्राधिकरणलाई कार्ययोजना बुझाएको थियो ।  उक्त कार्ययोजना अनुरूप दुई महिनाभित्र काठमाडौँ र पोखरामा ‘फोर जी’ सेवा सञ्चालनमा ल्याउने जनाएको छ ।

Load disqus comments

0 comments