निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ‘मोबाईल टीभी प्याक’ ल्याएको छ ।  यो प्याक अन्तर्गत एनसेल ग्राहकले मोबाईलमा अनलाइन टीभी हेर्न सक्ने छन् ।  यो प्याक सुचारु गर्ने ग्राहकले नेट टीभी एपमार्फत अनलाइन टीभी हेर्न सक्नेछन् ।  
मोबाइल टीभी प्याक यस्ता छन्ः
एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार ३० मिनेट, एक घण्टा, दुई घण्टा र तीन घण्टाको टीभी प्याक खरिद गरी नेट टीभी एप प्रयोग गर्न सक्नेछन् । ३० मिनेटको प्याकको शुल्क ३५ रुपियाँ तोकिएको छ । एक घण्टाको प्याकको ६० रुपियाँ पर्दछ भने दुई घण्टा र तीन घण्टा प्याकको मूल्य क्रमशः १०० र १५० रुपियाँ निर्धारण गरिएको छ । प्याकका शुल्कमा कर समावेश नभएको एनसेलले बताएको छ ।| Package Duration | Price | 
| 30 Minutes | Rs 35 | 
| 60 Minutes | Rs 60 | 
| 1200 Minutes | Rs 100 | 
| 180 Minutes | Rs 150 | 
प्याक खरिद गर्नका लागि ग्राहकले एस्ट्रिक १७१३३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्नेछन् ।  १७१३३ मा एसएमएस पठाएर पनि ग्राहकले यी प्याक खरिद गर्न सक्छन् ।  त्यस्तै, स्वतः नवीकरण हुने प्याक लिनका लागि अङ्ग्रेजीमा १ अनि स्पेस नछोडी अङ्गे्रजीको सानो अक्षरमा एचआर टाइप गरी १७१३३ मा पठाएर प्याक सुचारु गर्न सक्छन् । 
 

 
 
 
0 comments