Sunday, November 13, 2016

सावधान ! भाइवर कलमा विश्वास नगर्नुहोला, नत्र ठगिनु पर्ला है

नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई मोबाइलमा भाइवरबाट आउने कलबाट सावधान हुन आग्रह गरेको छ । 
टेलिकमले केही दिन यता +९२३००५३५८६६४ जस्ता विभिन्न नम्बरबाट भाइवर लगायतमा कल गरी विभिन्न प्रलोभनमा पार्ने क्रियाकलाप भैरहेकोले सावधान हुन आग्रह गरेको हो । 
टेलिकमको  आधिकारिक फेसबुक पेजमा, नेपाल टेलिकमको सहकार्यमा सञ्चालन गरिएको Lottery कार्यक्रममा तपाईंलाई ठूलो रकम परेकोले सो रकम ट्रान्सफर गर्न’ भन्दै बैँक खाता नम्बर, एटिएम पिन नम्बर माग्ने र बैंकको रकम ठगी गर्ने जस्ता गैरकानुनी कार्य भइरहेको बुझिएकोले नेपाल टेलिकमले कुनै पनि व्यक्ति वा संस्थासँग मिलेर त्यस प्रकारको कार्यक्रम सञ्चालन नगरेको जानकारी गराउँदछौँ । साथै यस किसिमको ठगीबाट बच्न बेलैमा सतर्क रहन पनि आग्रह गर्दछौँ । भनिएको छ । 
Load disqus comments

0 comments