सामाजिक सञ्जाल फेसबुकले चीनका लागि गोप्यरूपमा विशेष सफ्टवेयर तयार पारेको छ । त्यसमा फेसबुक न्युज फिडमा आउने पोस्टमा सेन्सर गर्न सकिने दि न्युयोर्क टाइम्सले जनाएको छ । सन् २००९ देखि चीनमा फेसबुकमाथि प्रतिबन्ध छ तर फेसबुकका प्रयोगकर्ता भने त्यहीँ अत्यन्त धेरै छन् । सन् २०१६ को तथ्याङ्क हेर्ने हो भने करिब पाँच करोड २८ लाख ७० हजार (५२.८७ मिलियन) चिनियाँ भर्चुअल प्राइभेट नेटवर्कबाट आफ्नो आईपी लुकाएर फेसबुक चलाउने गर्छन् ।
फेसबुकले विशेष देश र ती देशका महìवपूर्ण क्षेत्रका बासिन्दाका लागि न्युज फिडमा आउने पोस्टमा सेन्सर गर्नसकिने सफ्टवेयर टुल तयार गरेको छ । चीनमा सेन्सरसीपको कुरा पटकपटक उठेपछि फेसबुकले नयाँ सफ्टवेयर बनाएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, फेसबुकले चीनमा आफ्नो सेवा पुनः सुरु गर्ने तयारीसहित यो सफ्टवेयर तयार गरेको हो । विश्वमा यतिबेला एक अर्ब ८० करोड फेसबुक प्रयोगकर्ता छन् । नयाँ सफ्टवेयरले चीनमा त्यस्तो प्रतिबन्धित मेसेजलाई फेसबुकमा आउनै नदिने जनाएको छ ।
इन्टरनेटमा रहेका सामग्रीमा चीनमा धेरै विषयमा सेन्सरसीप हुने गरेको छ ।

- अजय शर्मा
0 comments