Friday, December 9, 2016

फेसबुकले ल्यायो फ्रि वाइफाइ फिचर

सामाजिक सञ्जाल फेसबुकले दिन प्रतिदिन नयाँ फिचर(विशेषता) ल्याइरहेको हुन्छ ।  यसक्रममा प्रयोगकर्तालाई फ्रि वाईफाई उपलब्ध रहेको स्थानका बारेमा जानकारी दिने फिचर फेसबुकले ल्याएको छ ।
यो फिचर आईओएस अपरेटिङ सिस्टमका मोबाइलमा केही देशमा मात्र हाललाई परीक्षणका क्रममा रहेको छ ।
वाईफाई डिस्कभरी नाम रहेको यो फिचरमार्फत प्रयोगकर्ताले आफ्नो आसपासमा कहाँ फ्रि वाइफाइ छ भनेर पत्ता लगाउन सक्ने छन् ।
विशेषगरी यात्रामा रहने प्रयोगकर्ताका लागि यो फिचरले सहयोग गर्ने फेसबुकले जनाएको छ ।   महँगो मोबाइल डाटा प्रयोगबाट प्रयोगकर्तालाई केही राहत दिने उद्देश्यले यो नयाँ फिचर ल्याएको बताइएको छ ।  यो नयाँ फिचरले फ्रि वाईफाईको लोकेसनका साथै त्यस स्थानमा प्रयोगकर्ता पुग्नका लागि कति समय लाग्छ भन्नेसमेत जानकारी दिनेछ ।
कसरी प्रयोग गर्ने यो फिचर
१) फेसबुकको वाईफाई डिस्कभरी फिचर प्रयोग गर्न तपाईंले अफ्नो मोबाइल डिभाइसमा रहेको फेसबुक एप अपडेट गर्नुपर्छ ।
२) त्यसपछि मेनुमा गएर ‘इनेवल फाइन्ड वाईफाई’ अप्सन रोज्नुपर्छ ।
३) ‘इनेवल फाइन्ड वाईफाई’ मा गएर यो फिचर सुरु गर्ने बटनमा क्लिक गर्नुपर्छ ।
४) त्यसपछि फेसबुकले तपाइँको नजिकमा रहेका पब्लिक हट स्पट (फ्रि वाईफाई स्थान)को लोकेसन देखाउने छ ।

Load disqus comments

0 comments