काठमाडौं, पुस १३ गते । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा आजदेखि 'न्यूरोड मोबाइल महोत्सव २०७३' शुरु भएको छ ।
नेपाल मोबाइल व्यवसायी संघको आयोजनामा शुरूभएको मेलाको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले उद्घाटन गर्नुभएको छ ।
सूचना तथा सञ्चारमन्त्री कार्कीले न्युरोड क्षेत्रलाई अमेरिकाको सिलिकन भ्याली र भारतको बैङ्गलोरसँग तुलना गर्नुभयो ।
मोबाइल महोत्सवमा मोबाइल खरिद गर्ने प्रत्येक ग्राहकले एनसेलको सिम र एक सय एमबीको डाटा निःशुल्क लगायतका विभिन्न उपहार पाउने नेपाल मोबाइल व्यवसायी सङ्घका अध्यक्ष पुरुषोत्तम बस्नेत जानकारी दिनुभयो । साथै मोबाइल मेला पुस १९ सम्म चल्ने मेलामा दुइ लाखले अवलोकन गर्ने लक्ष्य लिएको अध्यक्ष बस्नेतले बताउनुभयाे ।
पुष १९ गतेसम्म सञ्चालन मोबाइल महोत्सवबाट जोप्पो र लियगो कम्पनीले मोबाइल फोनको नेपाली बजारमा बिक्री शुरू गरेका छन् ।
यसैबीच सूचना तथा संचार मन्त्री कार्कीले न्यूरोड व्यवसायीक केन्द्रको रुपमा विकास भएको भन्दै हरेक युवालाई सूचना प्रविधिको क्षेत्रमा लाग्ने वातावरण तयार पार्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले नेपाल दूरसञ्चार प्राधिकराण तथा नेपाल टेलिकममार्फत स्टार्टअप फण्ड बनाएर युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा आकर्षित गराउने प्रयास गरिरहेको छ ।”
त्यसैगरी न्यूरोडमा रहेको गोरखापत्र संस्थानलाई भैसेपाटिमा सूचना ग्राम बनाएर सार्ने र त्यस स्थानलाई पार्कको रुपमा विकास गर्ने आफ्नो योजना रहेको सूचना तथा संचार मन्त्री कार्कीले बताउनुभयो ।
कार्यक्रममा न्यूरोड मोबाइल महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले यो महोत्सवले मोबाइल व्यवसायको प्रबद्र्धन गर्ने र ग्राहकहरुलाई सूपथ मूल्यमा उपहारसहित मोबाइल किन्ने वातावरण तयार पार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले ग्राहकहरुका लागि विभिन्न स्कीमहरु ल्याएका छौं भने महोत्सवमा न्यूरोड आउने प्रत्येक व्यक्तिले उपहारहरु प्राप्त गर्न सक्नेछन् ।”
नेपालको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रायोजनमा आयोजना भईरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मोबाइलको क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो इभेन्टको रुपमा आयोजना गरिएको छ । महोत्सवअवधिभर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १०० एमबीको डाटा अफरमा दिनेछ ।
संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा–लगायतका क्षेत्रहरुमा नेपालकै सबैभन्दा ठूलो मोबाइल महोत्सव आयोजना गरिएको हो । महोत्सवको अवसर पारेर अन्तर्राष्ट्रिय मोबाइल ब्राण्ड जोप्पो र लिएगो मोबाइल ब्राण्डहरुले औपचारिकरुपमा बिक्री शुरु गरेका छन् ।
मोबाइल महोत्सवको अवसर पारेर न्यूरोड भूगोल पार्कमा दैनिकरुपमा विभिन्न किसिमका मोबाइल गेमहरुको प्रतिस्पर्धा भईरहेको छ, जहाँ ५ हजार भन्दा बढि युवाहरुको सहभागीता रहेको छ । त्यसैगरी महोत्सव क्षेत्रमा विभिन्न मोबाइल कम्पनीहरुले मनोरन्जनात्मक खेलहरु खेलाईरहेका छन भने विभिन्न स्थानमा फुड स्टल, बालबालिकाहरुको लागि किड्स जोनको पनि व्यवस्था गरिएको छ ।
महोत्सव अवधिभर हरेक अवलोकनकर्ताहरुले हात खाली नजाने गरि खेलमार्फत विभिन्न उपहार प्राप्त गर्न सक्नेछन भने माइक्रोसफ्टको एउटा स्मार्टफोन किन्दा अर्को स्मार्टफोन अफर पनि राखिएको छ । त्यसैगरी ग्राहकहरुले मोबाइल खरिदमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु दैनिकरुपमा लक्की ड्रमार्फत प्राप्त गर्नेछन् भने अन्य विभिन्न उपहारहरु पनि दैनिकरुपमा बितरण गरिनेछ ।
नेपाल मोबाइल व्यवसायी संघ मोबाइलको क्षेत्रमा आबद्ध व्यवसायीहरुको सबैभन्दा ठूलो र पुरानो संस्था हो । यस संघमा हाल ५०० भन्दा बढि रिटेलरहरुको आबद्धता रहेको छ ।

0 comments