कुनै जमाना थियो, मोबाइल भनेपछि नोकिया मोबाइल नै बुझिन्थ्यो । मोबाइल बजारमा पुनः एकपटक नोकिया कम्पनीले स्मार्ट फोन ल्याउने तयारी गरेको छ ।
केही समययता नोकियाले स्मार्ट फोन ल्याउने हल्ला चले पनि कहिले ल्याउने भन्ने निश्चित थिएन । यस पटक भने नोकियाले सन् २०१७ फेब्रुअरी महिनामा स्मार्ट फोन ल्याउन लागेको आधिकारिकरूपमा घोषणा गरेको छ ।
मोबाइल बजारमा एकछत्र राज गरेको नोकियाले त्यतिबेला चर्चित मोबाइल सेटहरू बजारमा ल्याएको थियो । बजारमा स्मार्ट फोनको आगमन भएपछि र नोकियाले समयानुकूल आफ्नो सिस्टम अपग्रेड गर्न नसक्दा बजारबाटै विस्थापित हुनुप¥यो । त्यसपछि नोकिया कम्पनीलाई माइक्रोसफ्ट कम्पिनीले सात अर्ब ६० करोड (७.६ विलियन) अमेरिकी डलरमा किनेको थियो ।
अहिले पनि नोकिया कम्पनीले आफैँले स्मार्ट फोन निर्माण गर्न लागेको भने होइन । एचएमडी नामको एउटा कम्पनीले नोकियाकै पेटेन्ट र ब्रान्डिङ प्रयोग गरेर स्मार्ट फोन ल्याउन लागेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, नोकिया ब्राण्डमा आउन लागेका मोबाइल सेटमा ‘एन्ड्रोइड’ अपरेटिङ सिस्टमको हुनेछ ।

0 comments