Saturday, December 31, 2016

टेलिकमको फोरजी सेवा आजबाट, पहिलो चरणमा काठमाडौं र पोखरामा चल्ने

काठमाडौं, पुस १७ गते । बहुप्रतीक्षित फोरजी सेवा नेपाल टेलिकमले सञ्चालनमा ल्याउने भएको छ ।
आजदेखि सुरुवात हुने फोरजीको गति ३२.४ मेगावाइट (एमबिपिएस) मा चल्लनेछ । दोश्रो चरणमा टेलिकमले व्यावसायिक रुपमा सुरु गरेपछि ८० एमबिपिएस सम्म पुग्ने छ ।
हाल टेलिकमको थ्रिजी १२ एमबिपिएस गतिमा चल्छ । राजधानीको होटल सोल्टीमा एक कार्यक्रमकाबीच दिउँसो १२ बजे फोरजी सेवाको औपचारिक उद्घाटन सञ्चारमन्त्री सुरेन्द्रबहादुर (राम) कार्कीले गर्नुहुनेछ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार थ्रिजी सेवाबाट ३ एमबिपिएको स्पिडमा डाटा डाउनलोड गर्न सकिन्छ । साथै थ्रिजी एचएसपिडिए प्लसमा ६ एमबिपिएसको गतिमा डाटा डाउनलोड गर्न सकिन्छ । त्यस्तै फोरजी एलटिईमा ४२ एमबिपिएसको गतिमा डाउनलोड गर्न सकिन्छ । टेलिकम अपरेटर अनुसार यो गतिमा तलमाथि हुन्छ ।
- अजय शर्मा
Load disqus comments

0 comments