काठमाडौं । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका विभिन्न मोबाइल संघहरुले एक आपसमा एकिकरण गरेर नेपाल मोबाइल व्यवसायी संघ गठन गरेका छन् । नेपालकै सम्पूर्ण मोबाइल व्यवसायीहरुलाई समेटिएको नेपाल मोबाइल व्यवसायी संघ मोबाइलको क्षेत्रमा आबद्ध व्यवसायीहरुको सबैभन्दा ठूलो र पुरानो संस्था हो । यस संघमा हाल ५०० भन्दा बढि रिटेलरहरुको आबद्धता रहेको छ ।
संघका संयोजक पुरुषोत्तम बस्नेतले नेपालभरका मोबाइल आयातकर्ताहरु, बितरकहरु तथा रिटेलरहरु संघमा समेटेर भविश्यमा महासंघ गठन गर्ने र संघले मोबाइल व्यवसायलाई वृद्धि तथा प्रबद्र्धन गर्न विभिन्न कार्यक्रमहरु गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाल हामी सबैलाई समेटेर नेपालको सबैभन्दा पुरानो तथा स्थापित बजारमा अन्तर्राष्ट्रियस्तरको मोबाइल महोत्सव गर्दैछौं ।”
नेपाल मोबाइल व्यवसायी संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा–लगायतका क्षेत्रहरुमा नेपालकै सबैभन्दा ठूलो मोबाइल महोत्सव आयोजना गर्ने भएको छ । यहि डिसेम्बर २८ तारिख अर्थात पुष १३ गतेदेखि जनवरी ४ तारिख अर्थात पुष १९ गतेसम्म बृहतरुपको मोबाइल महोत्सव आयोजना हुनेछ, जसमा ग्राहकहरुले समान मुल्यमा सिल प्याक गरिएका गुणस्तरिय उत्पादनहरु प्राप्त गर्ने सिटिसी मोबाइल बजारका अध्यक्ष संदिप मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी हरेक ग्राहकलाई महोत्सवमा विशेष उपहार र छुटका साथमा मोबाइल र विभिन्न एसेसरिजहरु बिक्री गर्नेछौं । जसले ग्राहकहरुलाई पूर्ण संतुष्टि प्रदान गर्दछ ।”
मोबाइल अहिले सबैको लागि आधारभूत सामाग्रीको रुपमा प्रयोग हुँदै आएको छ । नेपालीहरुले पनि गुणस्तरीय मोबाइल सेटहरु खरिद गरुन र नठगिउन भनेर “जहाँ मोबाइल बजार त्यहिँ मोबाइल महोत्सव” भन्ने मूल नाराका साथ मोबाइल महोत्सव गर्न लागेको मोबाइल व्यवसायी अध्यक्ष जगत साउदले बताउनुभयो । “अन्य स्थानमा मोबाइल किन्दा ठगिने र ग्रे मोबाइल बिक्री गर्ने संभावना भएको तर पाको न्यूरोड क्षेत्रमा औपचारिक रुपमा राजस्व तिरेर आएका ह्वाइट मोबाइल सेटहरुमात्र बिक्री हुँदै आएको छ,” उहाँले भन्नुभयो ।
नेपाल मोबाइल व्यवसायी संघले आयोजना गर्ने यस महोत्सव अहिलेसम्मकै सबैभन्दा ठूलो मोबाइल महोत्सवको रुपमा आयोजना हुनेछ । बिगत १५ वर्षदेखि मोबाइल व्यवसाय गर्दै आएका मोबाइल व्यवसायीहहरुद्धारा आयोजना हुने महोत्सवको अवधिभर मोबाइल बजारको विभिन्न स्थानहरुमा फुड जोन, किड्स जोन, गेमिंग जोन ग्राहकहरुका लागि राखिनेछ भने हरेक मोबाइलको खरिदमा विशेष छुट दिईनेछ ।
विभिन्न मोबाइल ब्राण्डहरुको सहयोगमा आयोजना हुने मोबाइल महोत्सवले ग्राहकहरुलाई नयाँ मोबाइल तथा एसेसरिज किन्ने उपयुक्त अवसर प्रदान गर्नेछ भन्ने संघको अपेक्षा रहेको छ ।

0 comments