काठमाडौं, पुस २७ गते । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले ‘क्यान इन्फोटेक २०१७’ मेला आगामी माघ १३ गतेदेखि आयोजना गर्ने भएको छ ।
महासंघले सञ्चालन गर्न लागेको सूचना प्रविधि मेला, ‘क्यान इन्फोटेक २०१७’ को २३ औ संस्करण भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
क्यानका अध्यक्ष विनोद ढकालले २४ बर्षदेखि नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तारमा क्यानले बर्षेनी प्रविधि मेला गदैँ आएको स्मरण गदैँ–‘सूचना प्रविधिको पहुँच जनस्तरसम्म पु¥याउन सके मात्र भौगोलिक विकटताका बाबजुद पनि केन्द्रका सेवा सुविधासँग जनतालाई जोड्न सकिन्छ’ भन्नुभयो ।
यसपटकको क्यान मेलामा मुख्य हल भित्र ४९ वटा ठूला र हल बाहिर पाँच वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्ष, ट्रस्टमा १४४, ओपन स्पेसमा १४ र फुड स्टलहरु दश गरी जम्म दुई सय २२ वटा स्टल रहने जनाइएको छ ।
मेलामा विभिन्न ब्राण्डका ल्यापटप, कम्प्युटर, मोवाइल, इन्टरनेट तथा प्रविधिको बारेमा जानकारी लिन सकिने छ । साथै मेलामा हालै भित्रिएका विभिन्न नयाँ प्रविधिहरु समेत देखाइने क्यान महासंघले जनाएको छ ।
मेला अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेला अवलोकन वापत प्रवेश शुल्क सर्वसाधारणलाई एक सय रुपिँया, विद्यार्थीका लागि ५० रुपिँया र अनलाइन टिकट खरीद गर्नेले २० प्रतिशत छुट पाउने क्यानले जनाएको छ ।
क्यान महासंघले आफनो स्थापनाको दुई वर्ष पछि सन् १९९५ देखी नै काठमाडौंमा क्यान इन्फोटेक आयोजना गर्दै आएको छ । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हाल सम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ९० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेका छन् ।
गत वर्षको क्यान ईन्फोटेकमा ३ लाख ६३ हजार ४ सय ५६ जना अवलोकनकर्ता रहेकोमा यस पटक ४ लाख भन्दा बढी अवलोकन कर्ताहरु आउने अपेक्षा हामीले गरेका छौं । “सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु १००/- र विद्यार्थीहरुलाई रु ५०/- तोकिएको छ । २०७३ माघ १६ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि रु १००/- तोकिएको छ । उक्त दिन विषेश गरी विजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल गर्न सकिने क्यानले जनाएको छ ।

क्यान मेला माघ १३ गते देखि १८ गते सम्म सञ्चालन हुनेछ ।
0 comments