Monday, February 13, 2017

थ्रिजीको सट्टामा फोरजी फोन !


काठमाडौँ, फागुन २ गते । ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर ललितपुर मोबाइल कम्प्लेक्सले थ्रीजी साटेर फोरजी फोन किन्ने योजना ल्याएको छ ।
‘भ्यालेन्टाइन डे’ को अवसरमा एक आपसमा प्रेम दर्शाउने तथा आफ्ना प्रेमी प्रेमीकाहरुलाई स्मार्टफोन उपहार दिने अवसरको रुपमा यो अफर सो कम्प्लेक्सले ल्याएको जनाएको छ ।
‘भ्यालेन्टाइन डे’ को अवसर पारेर थ्रीजी स्मार्टफोन साटेर फोरजी फोन लाने अन्तिम अवसर आफ्ना मूल्यवान ग्राहकहरुलाई दिएको नेपाल मोबाइल व्यवसायी संघका संयोजक पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो ।
‘भोली अन्तिम दिनको अन्तिम अफरमा फोरजी प्रबिधिलाई बढावा दिँदै फोरजी स्मार्टफोनहरु विशेष मुल्यमा बिक्री गर्नेछ । यो अफरमा आफुसँग भएको पुरानो थ्रीजी फोनको अधिकतम मु्ल्याङ्न गरेर प्रयोगकर्ताले नयाँ फोरजी फोन लान सक्ने छन् । यसका लागि कम्प्लेक्समा तालिम प्राप्त दक्ष मु्ल्याङ्न कर्ताले फोनको मु्ल्याङ्न गर्नेछन् ।’ संयोजक पुरुषोत्तम बस्नेतले भन्नुभयो ।
साथै मोबाइल कम्प्लेक्समा य्गल जोडिहरुले सँगै आएर फोन किन्दा विशेषरुपमा ५ देखि ७० प्रतिशतसम्मको छुटका साथमा विभिन्न किसिमका उपहारहरु प्राप्त गर्न सक्नेछन् ।
– अजय शर्मा
Load disqus comments

0 comments