सामाजिक सञ्जाल फेसबुकले सन् २०१७ को मध्यसम्म आफ्ना प्रयोगकर्ता २ अर्ब पुग्ने  जनाएको छ ।  फेसबुकका अनुसार हाल यसका प्रयोगकर्ता १.८६ अर्ब पुगेका छन् ।  यही दरमा प्रयोगकर्ता बढ्दै गएमा सन् २०१७ को मध्यसम्ममा २ अर्ब पुग्ने फेसबुकको दाबी छ । 
फेसबुकका अनुसार १.८६ अर्ब प्रयोगकर्ताले कम्तीमा महिनाको एक पटक फेसबुक चलाउँछन् ।  त्यस्तै मोबाइलबाट फेसबुक चलाउनेको सङ्ख्या १.१५ अर्ब रहेको बताइएको  छ ।  गत बुधबार फेसबुकले आफ्नो वार्षिक आयको प्रतिवेदन सार्वजनिक गर्दै फेसबुकले २०१६ को अन्तिम तीन महिनाको आय ८.८ अर्ब डलर र नाफा ३.५६ अर्ब डलर रहेको पनि जनाएको छ । 
सन् २०१६ मा फेसबुकको जम्मा आय २७.६ अर्ब डलर भएको छ । अघिल्लो वर्ष फेसबुकले १७.९३ अर्ब डलर कमाएको थियो ।
सन् २०१६ मा फेसबुकको जम्मा आय २७.६ अर्ब डलर भएको छ । अघिल्लो वर्ष फेसबुकले १७.९३ अर्ब डलर कमाएको थियो ।
- अजय शर्मा
 

 
 
 
0 comments